लन्डन स्थित डोरचेस्टर होटलमा चार दिन सम्म चलेको सिसि फोरमको सम्मेलन भब्यरुपमा सप्पन्न भएको छ दिगो बिकासका लागि विस्वब्यापि लगानि गर्ने उदेश्यले आयोजना गरिएको सम्मेलन सिसि फोरम को ८ औ सस्करण अक्टोबर १७ देखि अक्टोबर २० सम्म चलेको थियो ।
उक्त सम्मेलनमा विस्वको थुप्रै देशबाट विभिन्न लगानिकर्ताहरुको उपस्थिति थियो उक्त सम्मेलनमा छिटैनै युरोप र यशियाका विभिन्न देशमा उडान सन्चालनमा ल्याउनको लागि तयारी गरिरहेको एरलाइन्स हिमालय जेटको निर्देशक दीपेन्द्र गुरुङको निमन्त्रणामा आएकि मिस वल्ड २०२२ को उपाधि जितेकि पोलाण्डकि २३ वर्षिया सुन्दरी क्यारोलिना बिलवस्काले आफु चाडैनै नेपाल आउने बताएकि हुन ।
नेपालको सुन्दरताको बारेमा धेरै नै सुनेको अनि हिमाल र गौतम बुद्ध को देशमा पुग्ने ठुलो रहर भएको बताएकि थिइन । उनको यो रहर लाइ नेपाल लगायत विभिन्न युरोप र यसियालि देशमा संचालन हुन लागेको हिमालय जेट ले पुरा गरिदिने भएको छ, हिमालय जेट र मिस वल्ड आयोजक सङ छिट्टै नै सम्झौता हुने हिमालय जेट का निर्देशक दिपेन्द्र गुरुङ ले बताए । मिस वल्डको उपस्थितिले नेपालको पर्यटन प्रवर्द्धन मा उल्लेखनीय भुमिका खेल्ने र नेपालकै प्रचारप्रसार का लागि नै यो प्रयत्न गरेको गुरुङ बताउँछन् ।
मिस वल्ड फोरम मार्फत हामि नेपालमा पर्यटन प्रबर्द्धन र वैदेशिक लगानीका लागि विश्वका लगानि कर्ता हरुलाई नेपालमा लगानी गर्न प्रेरित गर्ने उदेश्य बोकेको गुरुङले बताए दिपेन्द्र गुरुङ विश्वभरका प्रमुख पारिवारिक कार्यालयहरूमा सीधा पहुँच भएको व्यक्ति हुनुहुन्छ।
2017 मा, उहाँ IoD लन्डनको सदस्यको रूपमा निर्वाचित हुनुभयो, ब्रिटिश व्यापार र कर्पोरेट गभर्नेन्सको लागि सम्मानित रोयल चार्टर र उद्यमशीलताको लागि UK उनि उत्साही परोपकारी र धेरै विश्वव्यापी परोपकारी सम्बद्धता र गुरुङ संयुक्त राष्ट्रको मुख्यालय, न्यूयोर्कमा 2015 मा स्थापना भएदेखि 2030 सम्ममा हासिल हुने संयुक्त राष्ट्रको दिगो विकास लक्ष्यहरू (SDGs) सँग सम्बन्धित छन्।
उहाँ दिगोपन र इको-प्रोजेक्टहरूमा प्रख्यात एन्जिल लगानीकर्ता पनि हुनुहुन्छ। उहाँ लस एन्जलस, न्यूयोर्क, मियामी, लन्डन, पेरिस, मोन्टे कार्लो र फ्रेन्च रिभिएराका हाई एन्ड लक्जरी होटलहरूसँग विशेष संयोजनमा सञ्चालन गर्ने निजी निजी सिनेमा (बाइ-इनभाइट ) मा प्रिन्सिपल इन्भेष्टर हुनुहुन्छ र युरोपमा आधारित कार्यकारी निर्देशक हुनुहुन्छ। प्रिमियम लङ-होल एयरलाइन, हिमालय जेट का निर्देशक हुनु हुन्छ