नेपाल प्याजन्ट हबद्वारा आयोजित मिस्टर एन्ड मिस मोडल अफ झापा २०२१को औपचारिक उद्घाटन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। शिवसताक्षी नगरपालिका स्थित झिलझिलेमा रहेको युङी क्याफे एन्ड बारमा मंगलबार उक्त समारोह सम्पन्न गरिएको थियो।
औपचारिक कार्यक्रममा भाग लिने प्रतिस्पर्धीहरुका साथै अभिभावकहरुको उपस्थिति रहेको थियो भने प्रमुख अतिथीको रुपमा नेपाल प्याजन्ट साथै, ब्लु रे प्रोडक्सनका प्रबन्ध निर्देशक र इन्टरनेशनल पेजेन्ट डिरेक्टर एसोसेसनका नेशनल डिरेक्टर युबराज बुढाथोकीको विशेष उपस्तिथि रहेको थियो।

उक्त कार्यक्रममा प्रतिस्पर्धि भाईबैनीलाई मिस्टर एन्ड मिस मोडल अफ झापा २०२१ को अफिसियल टि-शर्ट साथै उनिहरुको नाम राखिएको स्यास बितरण गरिएको थियो । साथै उनिहरुको प्रतिभा समेत अगाडि बढाईएको थियो। सोही कार्यक्रमलाई औपचारिकता दिदै प्रमुख अतिथी बुढाथोकीले भने ूकतिपय व्यूटि प्याजेन्ट शोहरुमा अहिले निकै नै बिकृती फैलाउने काम गरेका छन् तर केही भिन्न अनि नौलो गर्ने सोच बोकेको यो इभेन्टलाई म सफलताको कामना दिन चाहान्छुू।

कोभिड प्रकोप अझै पनि रहि रहेको हुँदा कोभिड प्रोटोकललाई पालना गर्दै कार्यक्रम गरेको कुरा मिस्टर एन्ड मिस मोडल अफ झापा २०२१का प्रबन्ध निर्देशकले बताएका थिए। उनले भने झापाको चार स्थानमा अडिसन गरेर हामिले करिब १६ प्रतिस्पर्धीलाई मात्र अर्को चरणमा अगाडि बढाएका छौं। अब भने अर्को चरणमा वाइल्ड कार्ड एन्ट्री रहने छ भने त्यस पश्चात १ महिना तालिम हुने छ। अभिभावको तर्फबाट समेत निकै राम्रो प्रतिक्रिया आएको, आयोजक टिमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here