काठमाडौं । दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को टप ५ को मनोनयन सार्वजनिक गरिएको छ ।
ड्रिम वर्ड अफ फिल्म मेकर्सको आयोजनामा आउदो फाल्गुन २८ गते हुन लागेको सोसियल मिडिया फिल्म अवार्ड दोश्रो संस्करणको उत्कृष्ट पाँचमा पर्न सफल सहभागीहरुको नामावली सार्वजनिक गरिएको हो । चलचित्र विकास बोर्डको हलमा हुने उक्त अवार्ड समारोहमा एक सय विस वटा वृत्तचित्र तथा लघुचलचित्रहरु सहभागी छन् । सहभागीमध्ये सर्वोत्कृष्ट एक विधासहित अन्य गरी २२ जनालाई अवार्डस् वितरण गरिनेछ ।
सहभागीहरु विभिन्न सोसियल भिडियोहरु, आदिबासी जनजातीका लघु चलचित्रहरु, वृत्त चित्रहरु लगायत छन् । अवार्डस् वितरणसँगै कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने कार्यक्रम निर्देशक सवनम मुखियाले जानकारी दिनुभयो ।
अवार्डका लागि निणार्यक सदस्यहरुमा राजभाई सुवाल, प्रणय लिम्बू, आरती चटौत, हुनुहुन्छ भने आदीबासी जनजाती चलचित्रका निर्णायक सदस्यहरुमा विजय रत्न तुलाधर, प्रणय लिम्बू र भूमिका सुब्बा रहनु भएको छ ।
उक्त कार्यक्रममा ‘सोसल मिडिया सम्मान’ नेपालकी प्रथम नायिका भुवन चन्द तथा आर्ट डिरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कार पारसमणी पौडेललाई प्रदान गरिने पहिलो महिला छायांकार समेत रहेकी कार्यक्रम आयोजक मुखियाले जानकारी दिनुभयो।
उत्कृष्ट लघु चलचित्र
१. पेन्सिल
२. पुष्पा नेपाली
३. नफुलेको फूल
४.बादलका गीतहरु (Songs of Cloud)
५. गंगा
उत्कृष्ट निर्देशक
१. आशिष भण्डारी (पेन्सिल)
२. अंकित पौडेल (बादलका गीतहरु)
३. विशाल लोहनी (पुष्पा नेपाली)
४. प्रसन्न माली (भावविहीन)
५. दिनेश खड्का (फूलुङ्ग)
उत्कृष्ट पाँच छायाङ्कार
१. अनिश स्याङदेन (नफूलेको फूल)
२. सुरेश नेपाली (स्पर्श )
३. आशिष भण्डारी (पेन्सिल)
४. राजेन्द्र पाल (भावविहीन)
५. अंकीत पौडेल (बादलका गीतहरु)
उत्कृष्ट पाँच सम्पादक
१. दिपेन्द्र मल्ल, आशिष भण्डारी (पेन्सिल)
२. गौतमराज खड्का (छोरी)
३. केदार भुषाल, किशोर केसी (बेलुन)
४. विशाल लोहनी (सेती दिदी)
५. सन्दिप श्रेष्ठ (बादलका गीतहरु)
उत्कृष्ट पाँच पटकथा
१. आशिष भण्डारी (पेन्सिल)
२. जोन योञ्जन (बेलुन)
३. अंकित पौडेल (बादलका गीतहरु)
४. केशवराज अर्याल (साहरा)
५.सुनिता पौडेल (भावविहीन)
उत्कृष्ट पाँच ध्वनी संयोजक
१. किशोर आचार्य (बादलका गीतहरु)
२. दिपेन्द्र सुनार (पेन्सिल)
३. प्रमोद परियार (पुष्पा नेपाली)
४. सुशान्त श्रेष्ठ (बेलुन)
५.प्रमोद परियार (राजु गाउँले)
उत्कृष्ट पाँच अभिनेता
१.अशोक सिवाकोटी (फूर्लुङ्ग)
२. हिमाल खड्का (पेन्सिल)
३. खुमबहादुर खड्का (सम्झना)
४. वसन्त पोख्रेल (छोरी)
५. विरान दहानी (चिया चौतारी)
उत्कृष्ट पाँच अभिनेत्री
१. सरिता ढुंगाना (डट्डट् सम्बन्ध)
२. श्रेया महर्जन (गंगा)
३. काब्या आचार्य (रत्नपार्क)
४. साया भण्डारी (गहना)
५. सदिक्षा गौतम (स्पर्श)
उत्कृष्ट पाँच आदीवासी जनजाती चलचित्र
१. म को हुँ /Who am I (शिब मुखिया
२. बन्थी सानी केटी (Banthi the little Girl- विन्दुकुमारी माझी)
३. के (सागर केरुङ)
४. हासा मुदुगु सा (सुनिताराज भण्डारी)
५. इन्द्रायणी (वीर शाक्य)
उत्कृष्ट पाँच वृतचित्र
१. मैले देखेको पशुपति (कल्याण थापा)
२. लदि पुजा (विन्दुकुमारी माझी)
३. यातना गोठ (कृत पन्त)
४. तिलोत्तमा (उद्धव भट्टराई)
५. रातामाटे स्कूल (उमेश राई)
उत्कृष्ट पाँच युट्युव भिडियो
१. कोरोना हेर्ने देवी (अशोक बस्नेत)
२. द थिप (कुमार गजुरेल)
३. पहिलो पटक (अर्विन भट्टराई)
४. रहरै भो (उत्सव केसी)
५. चरीबहादुर शो (नविन दाहाल)





































