काठमाडौं । एम एस नेपाल इन्टरनेसनलको उपाधी सीतालाई एकखुट्टाले शास्त्रीय नृत्य गर्ने भनेर चिनिएकी सीता सुवेदी कलालाई आफ्नो हृदयको ढुकढुकी मान्छिन। कलाक्षेत्र उनको प्राणमा बसेको छ।
उनले सङ्गीत र नृत्यलाई हृदयले नियाल्ने प्रयास गरिरहेकी छन भन्ने कुरा उनको सम्वादमा सहजै अनुमान लगाउन सकिन्छ। समग्रमा कला क्षेत्रको अध्यन र चिन्तनमा आफ्नो एक दशक खर्चिसकेकी उनै सीताको सुन्दरताप्रतिको धारणा बेग्लै छ।
जिवनको सुन्दर पक्ष लाग्ने सुन्दरता प्रतिको उनको बुझाइ गहिरो छ। सुन्दरता अर्थात सौन्दर्य मान्छेको शारीरिक बनावटमा होइन दृष्टिकोणमा हुनुपर्छ भन्ने बिश्वास राख्ने सीता शारीरिक चुनौतीका बाबजुद पनि सौन्दर्य प्रतियोगिता जस्तो प्लाटफर्ममा आफुलाई होमिन।
उनको मेहनत, धैयता, लगनशीलता, अनुशासन र आत्मबिस्वासले उनले शुरूवात गर्न खोजेको सुन्दरताको अवसरमा समान आवाज बन्न सकु भन्ने चाहनालाई साकार बनायो ।
अन्ततः उनी रिबन इन्टरटेनमेन्टले आयोजना गरेको मिसेस नेपाल वर्ल्डको भब्य कार्यक्रममा म्यानेजमेन्ट चोइस अवार्डको साथमा एम एस नेपाल इन्टरनेशनल २०२३को उपाधी चुम्न सफल भइन । आफुमा आत्मबिस्वास भयोभने जस्तोसुकै कार्यलाई सहजै गर्न सकिन्छ भन्ने दरिलो प्रमाण हुन सीता।
अपेक्षा बिनानै केही सिक्नका लागि आफुलाई समर्पित गरेकी सीताले गरेको मेहनत र लगनशीलताले सफलताको नजिक पुर्याएको उनको बिश्वास छ। सीताका यी र यस्तै प्रयासबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौ।







































