काठमाडौँ : क्रिएसन प्रोडक्सन प्रालिको आयोजनामा विशाल बजार सासा सम्पन्न भएको मिस्टर एण्ड मिस्स नेपाल आइकनिक २०१८ को ग्राण्ड फिनाले मा पुरुष तर्फ कृष्ण श्रेष्ठ र महिला तर्फ दिक्ष्या सिङ बिजेता बन्न सफल भएका छन । अन्य प्रतिस्प्रर्धी भन्दा बौद्धिक रुपमा अब्बल साबित गर्दै अन्य प्रतिस्प्रधीहरुलाई पछि पार्दै कृष्ण र दिक्ष्याले उक्त ताज पहिरहन सफल भएका थिए । त्यस्तै पुरुष तर्फ फर्स्ट रनरअप आशिष् बेल्बासे र सेकेन्ड रनरअपमा नबिनले उपाधि जित्न सफल भएका थिए भने महिला तर्फ फर्स्ट रनरअप अनु श्रेष्ठ र सकेण्ड रनरअपमा गग्गा मगर ले उपाधि हासिल गर्न सफल भए । विजयीहरुले ताज सहित विभिन्न गिफ्ट हाम्पर प्राप्त गरेका थिए ।

प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, , पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ थप मजबुत बनाइ उनीहरुको क्षमतालाई उजागर गराउने कार्य गरेको आयोजक क्रिएसन प्रोडक्सन प्रालिकी सीईओ शोभा पौडेलले जानकारी गराईन । पौडेल सफल ईभेन्ट आयोजक मात्र नभै मोडलको रुपमा पनि सक्रिय रुपमा लाग्दै आएकी छिन । मिस्टर एण्ड मिस्स नेपाल आइकनिक २०१८ अन्तिम प्रतिश्प्रर्धामा बिपुला जोशी खनाल, नितु कोइराला , निर्जल थापा , गणेश , निर्णायक मण्डलमा रहेर बिजेता घोषणा गरेका थिए । मिस्टर अन्द मिस्स नेपाल आइकनिक २०१८ सौन्दर्य प्रतियोगिताको ईभेन्ट व्यबस्थापन फोटोग्राफी पबिन्द्र ले गरेका थिए । क्रिएसन प्रोडक्सन प्रालिकि सी ई ओ शोभा पौडेलका अनुसार यस सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त भएकी छिन । भविष्यमा यस्ता कार्यक्रमले गर्दा युवायुवतीहरुलाई प्रोत्साहन मिल्नुका साथै भबिष्य निर्माणमा सहयोग पुग्ने कुरा पनि उनि बताउछिन । कार्यक्रमको संचालन सन्जोक बश्यल ले गरेका थिए ।