नेपालमा लामो समयदेखि सवैभन्दा धेरै तथा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लव बहादुर कार्कीले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट डाईरेक्टरको अवार्ड जित्न सफल भएका छन । सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजना तथा “पेजेन्ट नेपाल” एसोसिएट्स र ईनास दुवईको सहकार्यमा युएईको दुबईमा आयोजित कार्यक्रममा उपस्थित हुन नसक्ने अवार्ड विजेताहरुलाई आयोजक संस्था मोडल सङ्गस नेपालले काठमाडौ फेशन विकको कार्यक्रम आयोजना गर्दै उक्त अवार्ड वितरण गरेको थियो ।

माननिय सांसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री कमला रोकाको प्रमुख आतिथ्य एवं एनआरएनए आयरलैण्डका पूर्व अध्यक्ष तथा सल्लाहकार एवं आयरलैण्डका लागी पर्यटन दुत गणेश प्रसाईको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा ईभेन्ट डाईरेक्टर लव बहादुर कार्कीले उक्त अवार्ड प्राप्त गरेका थिए । डेढ दशकदेखि थुप्रै उत्कृष्ट एवं बिवादरहित सौन्दर्य प्रतियोगीताहरु आयोजना गरेर हजारौ प्रतिभावानहरु लाई आफ्नो पहिचान दिलाउन सफल बनाएको एएनपी अर्थात अल नेपाल पब्लिकेशनका प्रबन्ध निर्देशक कार्की बर्षमा १ दर्जन भन्दा बढी सफल ईभेन्टहरुको आयोजना गर्दै आईरहेका छन । युवा युवती वालबालिका मात्र नभएर विवाहित महिला एवं गृहणीहरुको समेत वौद्धिक स्तर निखार्न महत्वपूर्ण भूमिका खेल्ने यस्ता सौन्दर्य प्रतियोगीताहरुको आयोजना गरेर सफल ईभेन्ट आयोजकको रुपमा थुप्रै सम्मान प्राप्त गरिसकेका कार्कीले आयोजना गरेका प्रतियोगीताहरुमा मिसेस नेपाल आईकन, मिस नेपाल आईकन, मिस्टर एण्ड मिस नेपाल आईकन मिस प्लस टु आईकन, मिस कलेज आईकन, टिचर आईकन, मिस्टर एण्ड मिस एसईई आईकन , मिस्टर एण्ड मिस नेपाल्स एसईई आईकन ,लिटिल आईकन नेपाल, नेपाल्स किड्स आईकन, चिल्ड्रेन आईकन लिटिल मिस एण्ड मास्टर नेपाल आईकन नेपाल्स लिटिल आईकन लगायत सफल प्रतियोगीताहरु मानिन्छ ।

 

दुईदशक भन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा समेत सक्रिय कार्कीले हालै मात्र २१ औं सस्करणको एजुकेशन डाईरेक्ट्रि बजारमा सार्वजनिक गरेका थिए । शिक्षा विद् ,स्कूल तथा कलेजमा निकै लोकप्रिय रहेको एजुकेशन डाईरेक्ट्रिका अलाव उनले संचालन गरेको अल नेपाल ईन्फरमेशन नामको एपको पनि युवाहरु माझ उतिकै रुचाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here