काठमाडौं—फागुन २१।

राजधानीमा मिस ग्रेस, २०१९ आयोजना हुने भएको छ।

ग्रेस इभेन्टको आयोजनामा आयोजनामा संचालन हुने ‘मिस ग्रेस, २०१९’ सौन्दर्य प्रतियोगीताको आउँदो फागुन २४ गते नारी दिवशको अवसर पारेर राजधानीको दरवारमार्गस्थित क्लव देजाभूमा अडिसन सम्पन्न हुने भएको छ ।

आयोजकले क्लव देजाभूमा पत्रकार सम्मेलन गरि अडिसन लगायत प्रतियोगिता सम्वन्धी विस्तृत जानकारी प्रदान गराएका हुन् ।

उक्त पत्रकार सम्मेलनमा ग्रेस इभेन्टका तर्फबाट अध्यक्ष सुरज थापा, सचिव पवन कोइराला, ब्राण्ड एम्वासडर(फिमेल) प्रमिता आर.एल राणा(नायिका/गायिका), ब्राण्ड एम्वासडर(मेल) महेश काफ्ले(गायक), एफ्लिक्टेड एम्वासडर एन्जल लामा(मिस पिंक,२०१८), तथा नमिता भण्डारी रहेका थिए भने अतिथिको रुपमा कमेडियन महादेव त्रिपाठी(जादुगर) तथा संचारकर्मी तथा इभेन्ट अर्गनाईजर राज लुइटेल रहेका थिए ।

प्रतियोगितामा सहभागि हुनका लागि १५ देखि २५ वर्ष उमेर समुहका अवि्वाहित किशोरीहरुले प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक सुरज थापाले जानकारी दिए ।

सौन्दर्य प्रतियोगिताको गुणस्तरलाई कायम राख्दै ‘मिस ग्रेस,२०१९’ गर्न लागेको थापाले बताए । उनका अनुसार प्रतियोगितामा भाग लिन ईच्छुक प्रतियोगीले रू।२००(दुई सय) मा अडिसन फाराम भरी अडिसन दिनुपर्ने तथा अडिसनमा छानिएका प्रतियोगीले रू। ५,०००(पाँच हजार) ट्रेनिङ फी स्वरूप बुझाउनुपर्ने छ।

उनले मोडलिङ क्षेत्रमा करियर बनाउन चाहने किशोरीहरुको लागि ‘मिस ग्रेस,२०१९’ अवसरको रुपमा साबित हुने बताए ।

आयोजक थापाका अडिसनमार्फत छनौट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिनासम्म क्लव देजाभूमा विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई मोडलिङसम्वन्धी ज्ञान तथा यसको भविष्य, सञ्चार दक्षता, एमसिइङ तथा टेवल म्यानर, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, समय तथा रिस व्यवस्थापण, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रतियोगिताको विजेताले पुरस्कार स्वरूप रू. ४०,०००/- अथवा थाईल्याण्ड टुरको मौका पाउनेछन, फर्स्ट रनरअपले रू.२०,०००/- अथवा मोवाईल फोन साथै सेकेन्ड रनरअपले रू. १०,०००/- अथवा मोवाईल फोन प्राप्त गर्नेछन ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम धमाधम वितरण भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here