काठमाडौँ —चैत ८ ।

पेजेन्ट नेपालको आयोजनामा एकापसमा रंग दलेर खुशीयाली साटासाट गरी काठमाडौंको बानेश्वरस्थित आल्फाविटा ग्राउण्डमा रंगैरंगको होली पर्व बुधवार धुमधमकासाथ मनाइयो ।

pageant Nepal Holi Hangama

खुशीयाली साट्ने क्रममा सर्वसाधारणसंगै नेपाली रंगक्षेत्रका कलाकर्मी समेत उल्लेख्य मात्रामा सहभागि रहे । “पेजेन्ट नेपाल होली हंगामा, २०७५” कार्यक्रममा नेपालका दर्जनौ ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई थप मनोरञ्जन दिएको थियो ।

काठमाण्डौको बसन्तपुरमा एक साताअघि विधिपूर्वक चिर ठड्याएपछि होली पर्व शुरुवात भएको थियो । असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा ठड्याइएको चीरलाई टुँडीखेलमा विर्सजन गरिएपश्चात होली पर्वको औपचारीक प्रारम्भ भएको थियो ।

pageant Nepal Holi Hangama

यसैबीच पेजेन्ट नेपालले होलीको अवसरमा पेजेन्ट नेपाल होली हंगामा विशेष कार्यक्रम आयोजना गरेको हो। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

“फागु पर्व अर्थात् होली । यसै त चहलपहल हुने काठमाडौंको बानेश्वर । बुधबार होलीको दिनको कुरै नगरौं । स्थानीय, सर्वसाधारण मात्र नभई ख्यातिप्राप्त कलाकारहरुसमेत उक्त कार्यक्रममा एकापसमा रंग दलिरहेका र खुसियाली साटासाट गरिरहेका थिए । फागु मनाउनेको बाक्लो उपस्थिति र सवारी चापले सडकै जाम भएको थियो । ठूलै मेला–महोत्सवको झल्को दिन्थ्यो भीडले ।” आयोजक संस्था पेजेन्ट नेपालका अध्यक्ष राज लुइँटेलले बताए ।

pageant Nepal Holi Hangama

कार्यक्रम आयोजक संस्था पेजेन्ट नेपालकी सिईओ ममथा बस्नेतले भनिन- “स्टेजमा चर्चित कलाकारहरू आलोपालो गरी आफ्नो प्रस्तुति दिइरहेका थिए । दर्शकदीर्घाबाट ‘हेप्पी होली’ भन्दै कलाकारलाई गीत र तालीले हौसला दिइएको थियो । दर्शकको बाक्लो उपस्थितिले माहोल दिनभर तातिरह्यो ।”

pageant Nepal Holi Hangama

पेजेन्ट नेपालको होली हंगामा मा कलाकारको प्रस्तुतिमा दर्शक मन फुकाएर नाचे । हाँस्यव्यँग्य कलाकार महादेव त्रिपाठी, गायक सपन श्रेष्ठ, डेविड शंकर, धुर्व विस्को, सिताराम पोखरेल, सावित्री जोशी, योगेश काजी, सिमान्त सन्तोष, सरु गौतम, सारिका घिमिरे, विनोद ढकाल, शान्ता तामाङ, नितु कोईराला, शिलाष्मा मल्ल, विनोद राज प्रजितले पालैपालो प्रस्तुति दिए ।

pageant Nepal Holi Hangama

साथै होलीकै रमझममा घैंटो फुटाउने तथा बेलुन फ़ुटाउने प्रतियोगिताले कार्यक्रममा थप रौनकता थपेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here