काठमाण्डौ ६ बैशाख:
नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ हुने भएको छ । यसको मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ ।
साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपाल लाइफ इन्स्योरेन्सको नामबाट वितरण गरिने भएको छ । यसै सम्बन्धमा शुक्रबार औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट कर्पोरेट प्रमुख पवन कुमार खड्का बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कार रु ५० हजार सहित ट्रफी र सम्मान पत्रले सम्मानित गरिनेछ साथै फोटो पत्रकारिताको अन्य विधामा १४ अवार्ड दिइने भएको छ । सो कार्यक्रम दरबारमार्ग स्थित होटल अन्नपूर्णमा यहि बैशाख १३ गते हुने भएको छ । उक्त कार्यक्रममा गोल्डस्टार सुज खेलकुद फोटोपत्रकारिता अवार्ड,नेपाल टेलीकम डेली लाइफ फोटो पत्रकारिता अवार्ड ,पन्चकन्या ग्रुप आर्थिक फोटो पत्रकारिता अवार्ड, थाहा अध्ययन राजनैतिक फोटोपत्रकारिता अवार्ड,लगायत विभिन्न अन्य अवार्डहरुमा आइएमईगु्रप,नेपाल एयरलाइन्स,इसेवा,देउराली जनता,नेपाल चेम्वरअफ कमर्स , होटलअन्नपूर्ण , रुस्लान म्यूजीक लगायतको सहयोग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here