काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न नेपाल्स टप मोडल आईकनको उपाधी पुरुष तर्फको बिप्लव सैजु मस्ट हैण्डसमको उपाधी सहित र महिला तर्फको मस्ट व्युटिफुलको उपाधी सहित मनिषा क्षेत्रीले हात पारेका छन ।
प्रतियोगितामा पुरुष तर्फको फर्स्ट रनर अपको उपाधी संगै मस्ट फोटोजेनीक तथा मस्ट टैलेन्टको उपाधी बिप्लव शाही ठकुरीले जितेका थिए भने सेकेण्ड रनर अपमा युवराज शाहले हात पारेका थिए, त्यसै संग उनले मस्ट पपुलरको उपाधी समेत हात पार्न सफल भए । त्यसै गरि महिला तर्फ फस्र्ट रनर अपको उपाधी कृष्टिना श्रेष्ठले हात पारिन भने त्यसै संगै उनले मस्ट पपुलरको उपाधी समेत हान पार्न सफल भईन । सकेण्ड रनर अपमा अन्जली पुलामी मगरले जितिन भने त्यससंगै उनले बेष्ट क्याटवाकका उपाधी समेत हात पार्न सफल भईन
।उनीहरुले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे । यस सौन्दर्य प्रतियोगितामा भाग लिएका प्रतिस्पर्धीहरुलाई उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्था ओपेरा मिडिया ईन्टरनेशनलका दिपेश शाहले बताए ।
पंकज सिहं ठकुरीको कोरियोग्राफी रहेको प्रतियोगिताको को ईभेन्ट कोअर्डिनेटरमा अस्मिता बुढाथोकी रहेकी थिईन । प्रतियोगिताको निर्णायक मण्डलको रुपमा नायक गजित विष्ट, मोडल तथा कोरियोग्राफर लविन अन्सारी, मोटिभेसनल स्पिकर सनीष शाक्य तथा नायक कविर खड्का रहेका थिए ।
करिव २५ दिन लामो प्रशिक्षण पश्चात प्रतियोगीहरुले स्टेजमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारारिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, स्टेज पर्फमेन्स, क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजक अनुराग महतो र बिवेश वस्नेतले बताए ।