गएको सोमबार मलेशियाको क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टल इन्टरनेसनलमा संचालन भएको इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९ मा फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य आउटस्टाडिङ इन्टरनेसनल कोरियोग्राफर एक्सीलेन्सी अवार्डबाट पुरस्कृत भएका छन् । फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई आफ्नो क्षेत्रमा लामो समयको निरन्तर सक्रियता र उपलब्धीको कदर सो अवार्ड प्रदान गरिएको हो । सो अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रमा लामो समयदेखिको सक्रियता र महत्वपूर्ण उपलब्धी हासिल गरेका रोजिन सहित १६ जना नेपालीहरु इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९बाट सम्मानीत भएका हुन् । सबै अवार्ड विजेताहरुलाई सो कार्यक्रमका प्रमुख अतिथि मलेशियाका लागि नेपाली राजदूत उदय राज पाण्डेले पुरस्कृत गरेका थिए । सो कार्यक्रममा अवार्डका लागि मलेशिया पुगेका १६ जना नेपालीहरु विभिन्न १६ विधामा पुरस्कृत भएका थिए ।

सो कार्यक्रममा बर्ष २०१९ को उत्कृष्ट कला र ग्राफिक डिजाइनरमा बिशाल चौधरी, उत्कृष्ट युवा महिला उद्यमीमा शान्ति लिम्बु, उत्कृष्ट बहुमुखी गायकमा दिनेश थापा, उत्कृष्ट युवा प्रेरणा सामाजिक कार्यकर्तामा निता राउत, उत्कृष्ट महिलामा एलिना तुलाधर, उत्कृष्ट फोटोग्राफरमा राजन काफ्ले, उत्कृष्ट ब्युटिसियनमा गोपी माया थुलुङ्ग, उत्कृष्ट फेसन डिजाइनरमा राधा ढकाल सापकोटा, उत्कृष्ट समाचार लेखनमा लक्ष्मी खतिवडा, उत्कृष्ट सामाजिक कार्यकर्तामा छमकला बुढाथोकी, उत्कृष्ट विवाह फोटोग्राफीमा मोहम्मद शहनवाज, उत्कृष्ट ब्यबसायिक अन्तर्रा्ष्ट्रिय बडी बिल्डरमा महेश्वर महर्जन, उत्कृष्ट बंगलादेश फोटोग्राफरमा सलमा अहमद, उत्कृष्ट अन्तर्रा्ष्ट्रिय सिनेमाग्राफरमा बिष्णु प्रसाद घिमिरे तथा उत्कृष्ट बरिष्ठ फोटोपत्रकारमा राजेन्द्र चित्रकारले अवार्ड प्राप्त गर्नु भएको थियो ।

सिजन मिडियाको आयोजनामा ल्यान्टर्न एड्भरटाइजिङको सहकार्य रहेको सो कार्यक्रममा मलेसियाका स्थानीय नेपाली शंकर बहादुर पौडेललाई दोसल्ला र सम्मान पत्र सहित बिशेष सम्मान गरिएको थियो । कार्यक्रममा एनआरएनए मलेशियाका अध्यक्ष खगेन्द« न्यौपाने विशेष अतिथिका रुपमा उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here