विभिन्न उमेर र वर्ग समूहका लागि सौन्दर्यता प्रतिभा प्रदर्शनीमुलक प्रतियोगीता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले हरेक वर्ष झैं यस वर्ष पनि बिवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल आइकन–२०१८ आयोजना गर्ने भएको छ ।
मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादर कार्कीका अनुसार बिवाहित महिलाहरुको आत्मविश्वास तथा व्यक्तित्व विकास एव महिला शसक्तिकरणका लागि मिसेस नेपाल आईकन २०१८ आयोजना गर्न लागिएको हो । कार्कीका अनुसार प्रतियोगितामा मिसेस नेपाल आइकन–२०१८ को उपाधि चुम्ने प्रतियोगिलाई पुरस्कार स्वरुप स्कुटर प्रदान गरिनेछ । आगामी श्रावण १२ गते शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने मिसेस नेपाल आइकन–२०१८ को अन्तिम स्पर्धामा विभिन्न पेशामा रहेका महिलाका साथमा गृहणीहरु प्रज्ञा ढुंगेल, अनिता राना आले, सुष्मा पाठक, जानकी बस्नेत, सिमा र्भुतेल, अमरावती बलामी महर्जन, लक्ष्मी लुईटेल, मेनुका बोगटी, दया शर्मा, राधिका थपलिया, बिना अधिकारी श्रेष्ठ, सानु तामाङ, अनिता चौधरी, उमा श्रेष्ठ, प्रिया कार्की, सरीता सिग्देल, अनामिका रञ्जीतकार, रुपाली पौडेल, चन्दा श्रेष्ठ, सरु अर्याल, अम्बीका थापा, आशा थापा श्रेष्ठ र कमला चुदाराले स्पर्धा गर्दैछन्। कार्यक्रम संयोजक शम्भुप्रसाद रेग्मीका अनुसार अन्तिम स्पर्धाका सहभागीहरुलाई विभिन्न क्षेत्रका विज्ञहरुद्वारा प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, स्टेज प्रस्तुति लगायतका विषयमा प्रशिक्षण प्रदान भैरहेकोछ ।
काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रतियोगिता कोरियोग्राफी अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न हुनेछ ।





































