२८ वर्षपछि भारतको मुम्बई शहरमा आयोजित मिस वर्ल्ड-२०२४ को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिस्जकोभाले जितेकी छिन् ।

चेक रिपब्लिककी क्रिस्टिनाले भइन् मिस वर्ल्ड-२०२४ मुम्बई– २८ वर्षपछि भारतको मुम्बई शहरमा आयोजित मिस वर्ल्ड-२०२४ को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिस्जकोभाले जितेकी छिन् ।

क्रिस्टिनाले ७१ औं संस्करणको मिस वर्ल्डको मुकुट आफ्नो शिरमा सजाउन सफल भएकी हुन् । योसंगै लेबनानकी यास्मीन जेटूनले फस्ट रनर्स अपको उपाधिमा चित्त बुझाइन् ।

शनिवार राति सम्पन्न मिस वर्ल्ड २०२४ को ग्राण्ड फिनाले मुम्बईको जियो वर्ल्ड कन्भेन्स सेन्टरमा आयोजना गरिएको थियो ।

मिस वर्ल्ड-२०२४ मा नेपालबाट मिस नेपाल २०२३ प्रियंका रानी जोशीले सहभागिता जनाएकी थिइन् । उनी प्रतियोगिताको उत्कृष्ट ४० मा पर्न सफल भएकी थिइन् । यद्यपि, प्रियंका उत्कृष्ट ४० बाट उत्कृष्ट १२ मा भने अटाउँन सकिनन् । उत्कृष्ट १२ मा पर्न असफल भए पनि प्रियंकाले ब्यूटी विद अ पपर्स कन्टिनेन्टल विजेता भने भइन् । उनले यूक्रेन, उगाण्डा तथा ब्राजिलका सहभागिहरुसंगै यो उपाधि आफ्नो पक्षमा पारिन् ।

क्रिस्टिना कानून तथा बिजनेस एड्मिनिस्ट्रेसकी विद्यार्थी हुन् । यसका साथै उनी मोडलिङ पनि गर्छिन् । उनको आफ्नो एउटा फाउण्डेसन पनि छ, जसको नाम हो क्रिस्टिना पिस्जकोभा फाउन्डेसन । तान्जानियामा क्रिस्टिनाले अण्डर प्रिभिलेज्ड बालबालिकाहरुका लागि एउटा अंग्रेजी विद्यालय खोलेकी छिन्, जसका लागि उनी आफैंप्रति गर्भ गर्छिन् । मिस वर्ल्ड अर्गनाइजेसनका अनुसार क्रिस्टिना त्यहाँ स्वयंसेवा गर्छिन् ।

क्रिस्टिनालाई मिस वर्ल्ड–२०२४ को क्राउन ७० औं मिस वर्ल्ड कोरोलिना बिलास्क्वाले पहिराइ दिएकी थिइन् । क्रिस्टिनाको लागि यो एउटा ऐतिहासिक क्षण रह्यो ।

बलिउड निर्देशक करण जौहरले यस वर्षको मिस वर्ल्ड २०२४ सञ्चालन गरेका थिए । उनले नै उत्कृष्ट ८ सहभागिहरुलाई प्रश्नहरु सोधेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here