हेटौंडा — मंसिर २२। मोडल सङ्ग्स नेपालको आयोजनामा मकवानपुरको हेटौडामा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” को पहिलो अडिसन सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सफल ईभेन्टहरु प्रस्तुत गर्दै आएको मोडल सङ्ग्स नेपालले मकवानपुरमा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” आयोजना गर्ने भएको हो। हेटौडामा आयोजित प्रत्रकार सम्मेलन मार्फत आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक बिबेक बिक्रम शाहाका अनुसार पहिलो अडिसनको समाप्तिसंगै रहर हुँदाहुदै बिभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको अर्को अडिसन यहि पौष ५ र १२ गते पिज्जा कटर, स्कुल रोड,हेटौंडामा हुने छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने साथै “मकवानपुर लिटल स्टार,२०२०” का उत्क़ृष्ट १० प्रतिस्पर्धीहरुले भारतमा आयोजना हुने “ईन्डिया किड्स फेसन वीक”मा सहभागी हुन पाउनेछन । प्रतियोगिताको बिजेता साथै उत्कृष्ट क्षमता भएका प्रतिस्पर्धीहरु्लाई बिभिन्न म्युजिक भिडियो, बिज्ञापन, टेलिचलचित्र तथा वेब सिरिजहरुमा समेत सहभागी गराईने छ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको कार्यक्रम व्यवस्थापक बिबेक बिक्रम शाहाले बताए l यस सौन्दर्य प्रतियोगिताले मकवानपुर क्षेत्रका युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी बिस्वस्त छन् । इच्छुक प्रतियोगीहरुले अडिसन फाराम भर्नको निम्ति निम्न व्याक्ति र सम्पर्क नम्वरहरुमा सम्पर्क गरि भाग लिन सक्ने छन । सद्दाम हुसैन — ९८६५१२८३२६ बिबेक बिक्रम शाहा — ९८४५५०३९४० आर्यन बिक्रम नेपाल — ९८६८१३७३०८ आदिल अन्सारी — ९८४२१३१८९८ गौरव सिग्देल — ९८०६८९२६११ सोफिया फागो — ९८११२९९०८६ स्वीकृती ढुङ्गेल — ९८०४२४००६
