काठमाडौको राष्ट्रिय नाचघरमा आयोजना भएको ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधि अंकित सुवेदी र पायल गुरुङले जित्न सफल भएका छन् । ’मिस नेपाल एसइइ’ को उपाधि जितेकी पायल गुरुङले प्लस टुकोलागि छात्रवृति ३० हजार नगद र ट्रफी साथै मिस फेशन आइकन अवार्ड प्राप्त गरेकी छिन् । यस्तै, प्रतियोगीतामा फस्ट रनरअप दिया राई बनिन् उनले मिस फ्रेन्डसीप सहित तीन उपाधी हात पारिन् र सेकेन्ड रनरअप आकृति सदाशंकरले मिस फोटोजेनिक उपाधि जित्न सफल भइन्।

त्यसैगरि ‘मिस्टर नेपाल एसइइ’को उपाधिसँगै मिस्टर भ्युअर्स चोइस अवार्ड हात पार्नुका साथै सुवेदीले प्लस टु अध्ययनको लागि छात्रवृति, ३० हजार नगद पुरस्कार र ट्रफी हात पारेका छन् । यस्तै, ‘मिस्टर नेपाल एसइइ’ को फस्ट रनरअप संजिव घिमिरे र सेकेन्ड रनरअप अवेश उराव भएका छन् ।

एसइइ दिएर बसेका किशोर–किशोरीको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगीता आयोजना गरिएको र एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा अभ्यानी प्रोडक्सनका सिइओ अभिविन्द खनियाले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि पुर्व वाणिज्य तथा आपुर्तिमन्त्री जयन्त चन्द थिए भने मुख्य निर्णायकको भुमिकामा काठमाडौ महानगरपालिकाका पुर्व मेयर राजाराम श्रेष्ठ थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here