पूर्वान्चलको दमक स्थित चित्र हलमा प्लानेट मल्टिमिडियाको आयोजना भएको ‘मिस्टर एन्ड मिस एसइइ आईकन पूर्वान्चल दोश्रो संस्करण को उपाधि पुष्पा भट्राई र सन्देश ढुंगेलले जित्न सफल भएका छन् । यस्तै, प्रतियोगीतामा फस्ट रनरअपको उपाधी दिया राई र प्रबिन धिमालले हात पारे भने, सेकेण्ड रनर अपको उपाधी सैंजु लिम्बु र रोहन पुरीले जित्न सफल भए । उपाधी विजेताले उपाधीको साथै पेन्टागन ईन्टरनेशनल कलेज तथा जेसिआर टेक्निकल एण्ड हस्पिलिटी म्यानेजमेन्टले शत प्रतिशत छात्रवृत्ति प्रदान गरेको थियो ।

सोनु श्रेष्ठ र निरुमा थापाको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगीतामा सन्देश राई, तपीना पौडेल, रचना सुब्वा, सूर्यमणी निरौला, रोजन परियारले निणार्यक मण्डलको भूमिका निर्वाह गरेका थिए । प्रतियोगीतामा रहेका प्रतियोगीहरुको मेकअ मोर्डन व्युटि पार्लरले गरेको थियो भने ड्रेस डिजाईन भूमिका बुटिक तथा फोटोग्राफी ड्रिम्स विडिगं स्टुडियोले गरेको थियो ।

एसइइ दिएर बसेका किशोर–किशोरीको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगीता आयोजना गरिएको र एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा प्लानेट मल्टिमिडियाका सिइओ मोनित मर्हजनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here