“हिमाल,पहाड,तराई कोही छैन पराई मौलिक भाषा,कला सस्कृतिको प्रबर्द्धन गरौं”भन्ने मुल नाराको साथ प्रदेश न.२ मा पहिलो रियालेटी शो,२ नम्बर प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ। रेग्मि फिल्मस प्रमुख राजु रेग्मि मगर ले २ न.क्षेत्र मा हुन लागेको २ नम्बर प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता रियालिटी शोले यस क्षेत्रका लुकेर रहेका प्रतिभाशाली को खोजी हुने र कला सस्कृती र पर्यटन को समेत उजागर हुने बताए । तराईका मुख्य शहर जनकपुर, विरगंज, सर्लाही मा हुने अडिसनमा भिजिट नेपाल २०२० लाई लक्षित गर्दै पहिलो चोटि हुने कार्यक्रमले प्रदेश न.२ को रौनकमा ५ हजारको हाराहारीमा प्रतियोगी सहभागी हुने कार्यक्रमका संयोजक कामना क्यापछ्याकी मगरले बताउनु भयो। ‘तराई मधेस डान्स आईडल’ को उपाधी सहित बिजेताले एक थान स्कुटर,रु.५१,१०० नगद, म्युजिक भिडियोमा अभिनय गर्ने अवसर ,थाईल्यान्ड टुर, दोस्रो बिजेताले उपाधी सहित,४२ इन्च को टेलिभिजन,रु.२५,१०० नगद, थाईल्याण्ड टुर, तेस्रो बिजेताले उपाधी सहित ल्यापटप ,नगद रु.१५,१००,थाईल्यान्ड टुर सहितको पुरस्कार पाउने कार्यक्रमका एक सदस्य रमेश खपाङ्गी मगरले बताउनु भएको छ। कार्यक्रमको लागि विभिन्न बहुरास्टृय कम्पनी सङ्ग सहकार्यको गरिएको आयोजकले बताए। प्रतियोगिताका डान्स आईडललाई काठमाडौमा रहेका बिकास ईन्टरटेनमेन्टले म्युजिक भिडियोमा अभिनयका लागी अवसर प्रदान गरिने कार्यक्रमका म्यानेजर देबराज मगरले खुलासा गर्नुभयो। नेपाल नृत्य कलाकार संघका पुर्ब अध्यक्ष,पाखृन फिल्मसका प्रमुख तथा वरिष्ठ चलचित्र नृत्य निर्देशक दिनेश पाखृन सहित देशका वरिष्ठ नृत्य निर्देशक तथा चर्चित कलाकारहरु रहने आयोजक मध्येका अर्का सदस्य प्रिन्सराजले बताउनु भयो। कार्यक्रममा कुल अनुमानित लागत रकम ६५ लाख रहेको कार्यक्रम सयोजक कामाना मगरले बताउनुभयो । कार्यक्रममा युवा व्यबसायी नारायण कार्कीको विशेष सहयोग रहने समेत जानकारी दिनुभयो । नब बर्ष २०७७ को आरम्भ सङ्गै अडिसन गर्ने र जेठ मसान्तसम्म आईडल छनोट गरिसक्ने आयोजकले बताएका छ्न। कार्यक्रममा संकलन भएको कुल रकम मध्य २० प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको संंयोजक सदस्य रमेश खपाङ्गिले जानकारी दिनु भयो। ख्यातिप्राप्त रास्टृय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको समेत बेजोड मनोरन्जनात्मक प्रस्तुति रहने र विभिन्न सामाजिक कार्यहरुमा पनि टप १५ मा पर्न सफल हुने प्रतियोगिहरुलाई सामेल गराउने योजना रहेको आयोजकले बताए । कार्यक्रमको उद्घोषण अडिसनको समयमा बहुचर्चित सञ्चारकर्मीहरुले संचालन गर्ने र अन्तिम फाईनमा भने पुर्ब मिस नेपालले संचालन गर्ने आयोजकले बताए ।
