अहिले विश्वमा कोरोनाको कहर बढेसँगै त्यसका लागि अहोरात्र खट्टिरहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुमा पनि जिम्मेवारी थप हुँदै गएको छ । यसरी आफ्नो ज्यान जोखिममा राख्दै राष्ट्र र जनताका लागि रातदिन, भोक-निन्द्रा नभनिकन उँहाहरुले गरेको सेवाप्रती समर्पित गर्दै र सबैलाई सम्मान प्रकट गर्दै हालै एक म्युजिक भिडियो तयार पारीएको छ । भिडियोलाई आज मे एक अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारी रिलिज गरिएको छ ।
भिडियोमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुसंगै चर्चित संचारकर्मी रवि लामिछाने, चर्चित नायक धिरेन शाक्य, वरिष्ठ कलाकार सुनिल थापा, बिरेन्द्र हमाल, वरिष्ठ द्वन्द निर्देशक राजेन्द्र खड्गी, कलाकार कमलकान्त मैनाली, निर्देशक तथा छांयाकार राजु के सि, बिष्णु सापकोटा(हर्के हवल्दार), निर्मल शर्मा(गैडा), चिन्तामणी कंडेल, रेशम प्याकुरेल, गणेश गौतम, घनश्याम गौतम, नन्दा बस्याल, नायक गजित बिष्ट, प्रेम शर्मा, नृत्य निर्देशक कुलमान नेपाली आदिलाई फिचरिङ गरिएको छ ।
गीतको बोल “मेरो पनि घर छ” रहेको छ जसमा शब्द, लय निर्मल प्याकुरेलको रहेको छ भने स्वर कविराज गिरीको रहेको छ । गीतको एरेन्ज हिमाल थापा मगरले गरेका हुन ।