उत्कृष्ट मोडल लोक आधुनिक अवार्ड खोलीतिरैमा गीतबाट कृष्ण रसाललाई प्रदान गरिएको छ । राजधानीमा सम्पन्न भएको तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्डको बिशेष समारोहमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि डा. रामशरण महत्त तथा अन्य विशिष्ट अतिथि तथा अतिथिले बोहोरालाई अवार्ड, प्रमाणपत्र, माला र खादा प्रदान गर्नुभएको थियो । कृष्ण रसालले नेपाली गीत संगीतमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आउनुभएको छ । उहाँका कार्यले प्रशंसा पाइरहँदा उहाँलाई विभिन्न पुरस्कार तथा अवार्ड प्राप्त भइरहेका छन् । बैंकिङ म्यानेजमेन्ट ट्रेनिङ इन्स्टिच्यूट (बीएमटीआई)को प्रस्तुतिमा शनिबार राजधानीमा तेस्रो बोस्टर इन्टरटेन्मेन्ट अवार्ड सम्पन्न भएको हो । बोस्टर मिडियाको आयोजनामा भएको अवार्डमा क्यापिटल इन्टरटेनमेन्टले इभेन्ट म्यानेजमेन्ट गरेको थियो भने टीभी इको वान, म्यूजिक खबर र रेडियो भ्वाइस अफ नेपालको मिडिया सहकार्यमा अवार्ड समारोह सम्पन्न भएको थियो । गीत संगीत तथा अन्य विभिन्न विधामा ४२ भन्दा बढी सर्जजकलाई अवार्ड प्रदान गरिएको समारोहमा पूर्व अर्थमन्त्री डा. रामशरण महत्त प्रमुख अतिथि रहनुभएको थियो । बोस्टर मिडियाका सल्लाहकार भवानीप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको अवार्ड सामारोहमा साहित्यकार राधेश्याम लेकाली, राजु श्रेष्ठ व्यवसायी, चलचित्र कलाकार संघका उपाध्यक्ष तथा बरिष्ठ निर्देशक मोहन निरौला, वरिष्ठ हास्य कलाकार लय संग्रौला, वरिष्ठ हास्य कलाकार उत्तम केसी, चलचित्र निर्देशक जनक खकुरेल, व्यवसायी तथा समाजसेवी राजु श्रेष्ठ, व्यवसायी तथा समाजसेवी प्रकाश श्रेष्ठलगायतले अवार्ड तथा सम्मान प्रदान गर्नुभएको थियो । वोस्टर मिडियाले विगत आठ वषदेखि अनलाइन न्युज पोर्टल सञ्चालन गर्दै आएको छ भने विभिन्न क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउँदै आउनुभएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गर्दै आइरको छ । अवार्ड समारोहमा एञ्जल र आशिकाले स्वागत नृत्य गर्नुभएको थियो भने कार्यक्रम संयोजक माधव निर्दोषले स्वागत मन्तव्य राख्नु भएको थियो ।








































