नेपालमा पछिल्लो पटक विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर चर्चा कमाउन सफल ग्रेस इभेन्ट्सले “ट्यालेन्ट हन्ट २०२०” आयोजना गर्ने भएको छ । कोभिड-१९ को विश्वव्यापी महामारीले गर्दा लकडाउनका कारण घरमै रहेर सेलिब्रिटी बन्न सक्ने उद्देश्य लिएर “ट्यालेन्ट हन्ट २०२०” को आयोजना गर्न लागिएको ग्रेस ईभेन्टसका प्रमुख सुरज थापाले जानकारी दिएका छन । प्रतियोगितामा अभिनय, नृत्य,गायन, बिटबक्स लगायत आफुमा भएका जुनसुकै कला प्रतिभा प्रस्तुत गर्न सकिनेछ ।
ईच्छुक सहभागीहरुले आफ्नो आफुमा रहेको कलाको भिडियो बनाएर आगामी जेठ ३१,शनिवार सम्ममा ग्रेस ईभेन्ट्सको ईमेल तथा पेजमा पठाउन सकिने जानकारी संस्थाका सचिव पवन कोईरालाले बताए ।
साईपाल एकेडेमीको सहकार्यमा आयोजीत यस प्रतियागीताले घरमै बसेर पनि अनलाईनको माध्यमबाट आफु भित्र लुकेको प्रतिभा प्रस्फुटन गराई क्षमता अभिवृद्धि गर्न सकिने छ । प्रतियोगीले पठाएका आफ्ना प्रतिभालाई ग्रेस ईभेन्टसको पेज,युट्यूब,वेभसाईट लगायतका सामाजिक संन्जालमा प्रसारण गरिनेछ । छनौट भएका सवै विधाका मध्ये टप १० लाई निणार्यक मण्डलले अन्तिम छनौट गरि उत्कृष्ट भएकालाई विभिन्न आकर्षक गिफ्ट ह्याम्पर तथा पुरस्कार प्रदान गरिने छ । कार्यक्रमको फोटोग्राफी क्युपीड स्टुडियोले गर्नेछ ।

 email:  graceeventsnepal@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here