चलचित्र ‘प्रेमगन्ज’मा तेज गिरी र बेनिशा हामाल अनुबन्धित भएका छन् । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ का लागि तेज र बेनिशा मुख्यकलाकारका रुपमा छनौट भएका हुन् । यस अघि अडिसन मार्फत् केही कलाकारहरु छनौट भएका थिए । चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनिशा हामाल छनौट भएको बताईएको छ । मुक्तिनाथ विकास बैंकका तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् ।

यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकार दिए । सेन विगत १५ बर्ष देखि नेपाली चलचित्र जगतमा सक्रिय रुपमा कार्य गर्दै आएका निर्देशक हुन् । उनको निर्देशनमा बनेका यस अघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्वाडहरु हासिल गर्न सफल भएका छन् ।

यसअघि नै चलचित्रकालागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानि सकेका छन् । यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली लगाएतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका छन् । राजु फुयाँल निर्माता रहेका यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । चलचित्र अब छिट्टै छायांकनमा जाने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here