दिव्यव्योती फाउण्डेसनको प्रस्तुती “डिसएवलिटी ट्यालेन्ट २०२०” टिभी टुडे एचडीमा प्रसारण हुने सहमती भएको छ । भदौ २५ गतेका दिन आयोजक टिम दिव्यव्योती फाउण्डेसन प्राईभेट लिमिटेड र टिभी टुडे नेटवर्क प्राईभेट लिमिटेडबिच सहमती भएको हो ।

विश्व साईकल यात्री चित्र पौडेल यस कार्यक्रमको संयोजक तथा रश्मी शाक्य सह संयोजक हुनुहुन्छ । त्यसो त नेपालमा वर्षेनी प्रतिभा प्रस्तुत गर्ने थुप्रै कार्यक्रमहरु हुने गर्दछन्,तर शारिरीक रुपमा अशक्त फरक क्षमता भएका व्यक्तिहरु भने यस्ता कार्यक्रमहरुबाट टाढै रहेको महशुस गर्दे, शारिरीक रुपमा अशक्त फरक क्षमता भएका व्यक्तिहरुका लागि “डिसएवलिटी ट्यालेन्ट २०२०” आयोजना गर्ने लागेको कार्यक्रमको संयोजक चित्र पौडेलले बताउनुभयो ।

दिव्यजोती फाउन्डेसन नेपाल तथा चिल्ड्रेन गार्डेन एकाडेमीको संयुक्त आयोजनामा हुन लागेको यस इभेन्टको हाल धमाधम अनलाईन अडिसन भैरहेको छ । अगष्ट १४ तारिखबाट सुरु भएको अडिसन अक्टुबर २१ सम्म चल्ने कार्यकारी निर्माता बिना श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सहभागी प्रतियोगीले गायन,नृत्य तथा चित्रकला गरी तीन विधामा आफनो प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । देशका सातैवटा प्रदेशका मुख्य शहरहरु,बिर्तामोड,ईटहरि,जनकपुर,चितवन,पोखरा,बुटवल,नेपालगञ्ज,धनगढीबाट कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगीहरुलाई बिभिन्न चरण छनौट गरी अन्तिम चरण अर्थात फाइनल काठमाण्डौमा गरिनेछ । सम्पूर्ण कार्यक्रमलाई चार भागमा विभाजन गरी टीभि टुडे एचडीमा प्रसारण गरिनेछ ।निर्णयक मण्डलमा गायक सिताराम पोखरेल, कलाकार तथा वान लेग डान्सर रोमा न्यौपाने , नील डेविट,गणेश राईको टोली रहने छन् । कार्यक्रममा उत्कृष्ट प्रथम स्थान हाशिल गर्ने विजेताले नगद राशी एक लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here