परिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा बालकुमारी स्थित म्युजिक सिटी हलमा माघ २८ गते डि एस् ए स्टार २०२३ सिजन-९ रको ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
बरिस्ठ गायक आनन्द कार्की को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्णायकमा मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा नेपाल को पहिलो नेपाल सिङ्गिङ सुपर स्टार राजेश राइ बाबा एजुकेश कनसल्टेन्सीका मह प्रबन्धक राजेन्द्र कुमार शर्मा र साइपल यकाडेमी को प्रिन्सिपल सुमन नगरकोटी थिए कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने कुरा परिवर्तन इभेन्ट हाउसकी सि ई ओ सोनिया जि आरले बताउनु भयो । साथै आफ्नो कार्यक्रममा आफ्नो अमुल्य समय दिएर पाल्नु भएका निर्णायक मण्ड्ल लगायत सम्पूर्ण अतिथी वर्ग, पत्रकार, अभिभावक लगायतलाई जि आर ले हृदयदेखि नै आभार प्रकट् गर्नु भयो ।
कार्यक्रममा गीत संगीतमा अमुल्य योगदान पुर्याए बापत बारीस्ठ गायक आनद कार्की लाई राष्ट्रिय सम्मान गरिएको थियो ।
डि एस् ए स्टार सिजन ९ का बिजेताहरु मिनी डन्सिङ स्टार (बिजेता) : युना शिङ ठकुरी जुनियर डन्सिङ स्टार बिजेता : समिक्षा मोक्तान फर्स्त रनर अप : रेचल बुढाथोकी सेकेण्ड रनर अप: आर्यश थापा मगर थर्ड रनर अप: साहाया कार्की फोर्थ रनर अप: राजभी अर्याल फिफ्थ रनर अप: तेजस्भी पन्त सिक्स्थ रनर अप : बर्षा अधिकारी प्री-टीन डन्सिङ स्टार विजेता: प्रिन्सु रेग्मी फर्स्ट रनर अप : एन्जल तामाङ सेकेण्ड रनर अप : खुशी शिङ ठकुरी थर्ड रनर अप: पिया खनाल फोर्थ रनर अप : दिया लामा फिफ्थ रनर अप : अन्शु खड्का सिङगिङ स्टार विजेता: एन्जल बाबु कटेल फर्स्त रनर अप : इप्शित पन्त एक्टिङ स्टार बिजेता: रोमिया सुनुवार फर्स्ट रनर अप : प्रशान्ती चन्द ठकुरी बिजेता लाई स्पेन हुने अन्तरराष्ट्रिय प्रतियोगीता नेपाल को तर्फ बाट प्रतिनिधित्व गराइने छ बिजेता लगायत अन्य प्रतियोगीहरुलाई विभिन्न अवार्ड्बाट पुरस्कृत गरि कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमलाई काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।





































