गायक रामकृष्ण श्रेष्ठको गायन करिअरकै पहिलो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘लालुपाते’ बोलको गीतको भिडियो आज एक समारोहका बिच संचारकर्मी समेत रहेका गायक श्रेष्ठको अनामनगर स्थित आफ्नै कार्यालयमा सार्वजनिक गरिएको हो । प्रेमकृष्ण बजगाईको शव्द संगित रहेको गीत करीब १५ बर्ष अगाडी तयार भएको हो ।

चर्चित गायिका सपनाश्रीसंग गायक रामकृष्ण श्रेष्ठको युगल गायन रहेको यस गीतको भिडियोमा मोडल शिवन पोखरेल, कुसुम घोतानी र जयराम बर्माले अभिनय गरेका छन्। गायक स्वयं पनि भिडियोमा देखा परेका छन । मोडल पोखरेलकै निर्देशन रहेको भिडियोको छायाँकन महेश महराले गरेका हुन भने गीतको भिडियो छायाँकन सिन्धुलीको रमणीय स्थलहरुमा गरिएको छ ।

गायक श्रेष्ठका आधा दर्जनभन्दा गीतका एल्बम सार्वजनिक भैसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here