मिसेस डिभा नेपालको उपाधि कपन, काठमाडौंकी हेमा योञ्जनले हात पार्न सफल भएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा शनिबार सम्पन्न विवाहित महिलाहरुको सो सौन्दर्य प्रतियोगितामा मनु बाठा मगर फस्ट रनर अप तथा भुमिका टमटा सेकेन्ड रनर अप हुन सफल भएका छन् ।
चर्चित फेसन कोरियोग्राफर हिमानी स्ुब्बाको प्रशिक्षणमा झण्डै दुई साता सम्मको व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्याटवाक, आत्मविश्वास अभिवृद्धि लगायत विविध विषयमा प्रतियोगीहरुले तालिम लिएका थिए । कार्यक्रममा सवटाइटल अवार्डहरु पनि वितरण गरिएको थियो । जसमा बिजेता हेमा योञ्जनले मिसेस पर्सनालिटी एवं मिसेस पब्लिक भिडियो च्वाइस त्यसैगरी फस्ट रनर अप मनु बाठा मगरले मिसेस डिलिजेन्ट र सेकेन्ड रनर अप भुमिका टमटाले मिसेस स्मार्ट, आस्था गुरुङ मिसेस फोटोजेनिक, अनिता हिताङ्ग मगर मिसेस ए्याक्टीभ एवं मिसेस पपुलर र प्रमिला राईले मिसेस चार्मिङ्गको सबटाईटल अवार्ड हात पार्न सफल भएका थिए । कार्यक्रमका निर्णायकहरुमा चर्चित गायिका बुनु राई मानन्धर, नायिका सुष्मा अधिकारी तथा मिसेस ग्लोबल नेपाल २०२२ निता लिङ्देन रहेका थिए । लाइफ ओके टिभीबाट सम्प्रेषित सो कार्यत्रमको फोटोग्राफी भिडियोग्राफी कुवेर तामाङले गरेका थिए । कार्यक्रममा त्रिशक्ति नृत्य समूहबाट आकर्षक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो भने मोडल तथा नायक दिक्पाल कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।
आकर्षक सारी एवं आधुनिक पहिरनहरुमा सजिएका प्रतियोगीहरुले आजका विवाहित महिला घरभित्र मात्र हैन स्टेजमा पनि सुन्दरता र बौद्धिकता दुवैमा अव्वल छन् भनी प्रमाणित गरेका थिए । महिलाहरुको क्षमता अभिवृद्धिका लागि सो कार्यक्रम गरिएको आयोजक पक्षले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here