मिस ब्युटी क्विन नेपालको सातौं संस्करणको उपाधि मोनिका लिम्बुले हात पार्न सफल भएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा शनिबार सम्पन्न युवतीहरुको सो सौन्दर्य प्रतियोगितामा अनिता अर्याल फस्ट रनर अप तथा कृपा भण्डारी सेकेन्ड रनर अप हुन सफल भएका छन् ।
चर्चित फेसन कोरियोग्राफर हिमानी स्ुब्बाको प्रशिक्षणमा झण्डै दुई साता सम्मको व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्याटवाक, आत्मविश्वास अभिवृद्धि लगायत विविध विषयमा प्रतियोगीहरुले तालिम लिएका थिए । कार्यक्रममा सवटाइटल अवार्डहरु पनि वितरण गरिएको थियो । जसमा बिजेता मोनिका लिम्बुले मिस स्मार्ट, फस्ट रनर अप अनिता अर्यालले मिस इन्टिलिजेन्ट, सेकेन्ड रनर अप कृपा भण्डारीले मिस कन्फिडेन्ट र मिस पपुलर, ओशिका के.सी.ले मिस फोटोजेनिक, सृजना राई मिस डिसिप्लिन, सबिना मगर मिस ए्याक्टिभ र सहेरा विष्टले मिस डिलिजेन्ट सबटाईटल अवार्ड हात पार्न सफल भएका थिए । कार्यक्रमका निर्णायकहरुमा मिस नेपाल आइडल २०१९ एवं मोडल निङ्मा ल्हमु शेर्पा, मिस्टर ह्याण्डसम नेपाल २०१९ एवं मोडल अभिषेक खड्का, ब्युटिसियन नेपाल २०१९ एवं सौन्दर्यकर्मी हेमा पुन मगर रहेका थिए । लाइफ ओके टिभीबाट सम्प्रेषित सो कार्यत्रमको फोटोग्राफी भिडियोग्राफी कुवेर तामाङले गरेका थिए । कार्यक्रममा त्रिशक्ति नृत्य समूहबाट आकर्षक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो भने मोडल तथा नायक दिक्पाल कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।
विविध आकर्षक आधुनिक पहिरनहरुमा सजिएका प्रतियोगीहरुले सुन्दर नृत्य गरेर कार्यक्रमको सुरुवात गरेका थिए । साथमा बौद्धिकता झल्कने प्रश्नोत्तर चरण एवं क्याटवाक चरणहरु आकर्षक ढङ्गबाट प्रस्तुत गरिएको थियो । किशोरीहरुको प्रतिभा एवं क्षमता अभिवृद्धिका लागि सो कार्यक्रम गरिएको आयोजक पक्षले जनाएको छ ।
