ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्पको प्रथम अडिसन सम्पन्न भएको छ । ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्पको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन शखंमुल स्थित रिगल रेस्ट्रो एन्ड लन्ज मा शनिवार सम्पन्न भएको हो । कुल २१ जनाले सहभागीता जनाएको उक्त अडिसनबाट १२ जना किशोर किशोरी को छनौट भएका छन् । अडिसनमा नायक महेश धामी मोडल पुजन गौतम र कोरियोग्राफर के.डि भट्टराई ले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
ग्रेट भिजन इभेन्ट एन्ड मिडिया को आयोजनामा हुन लागेको उक्त इभेण्टमा इभेण्ट क्षेत्रमा केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होलीको अवसर पारेर मिडियाले होली फेशन फेस्ट एण्ड प्रोम्प गर्न लागेको ईभेण्ट आयोजक ग्रेट भिजन इभेन्ट एन्ड मिडिया अध्यक्ष एवम् प्रबन्ध निर्देशक ले जानकारी दिए । होलि को एक दिन अगाडिको दिन अर्थात चैत १४ गते फेशन र्याम्प, डान्स, म्युजिकल शो गर्ने कार्यक्रम रहेको उनले स्पष्ट पारे । अडिसन राउण्डमा छनौट हुन सफल सहभागीहरुलाई दुई सातासम्म प्रशिक्षण दिई सन्देशमुलक विभिन्न थिमका साथ र्याम्पमा उत्रार्ने तयारी रहेको इभेण्ट कोरियोग्राफर केडी भट्टराईले बताए । अब यस इभेन्ट को दोश्रो अडिसन फाल्गुन २७ गते शखंमुल स्थित रिगल रेस्ट्रो एन्ड लन्ज मा हुने बताइएको छ।