काठमाडौं –मिस नोवेल नेपाल २०२२को ताज केन्जल योङहाङले जित्न सफल भएकी छन्, त्यस्तै गरी नोर्चेन लामाले फस्ट रनर अप एवं जेनिभा महर्जन सेकेन्ड रनर अपको उपाधि जित्न सफल भएका छन् । हिमालयन मुभिजको आयोजनामा बुधबार राजधानीमा सम्पन्न प्रतियोगितामा किसोरीहरुले सुन्दरता सँगै बौद्धिकताको प्रस्तुतीकरण गरेका थिए । यस वर्षको वेस्ट फेसन कोरियोग्राफर उपाधि विजेता चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले कार्यक्रमको कोरियोग्राफी गरेकी थिइन, जसमा प्रतियोगीहरुले परिचयात्मक, वेस्ट ड्रेस, प्रश्नोत्तर लगायत विविध चरणहरु पार गर्दै क्राउनिङ चरण सम्म पुगेका थिए ।
कार्यक्रममा प्रतियोगीहरुले विविध सवटाइटल अवार्डहरु पनि जित्न सफल भएका थिए । जसमा केन्जल योङहाङले वेस्ट क्याटवाक र वेस्ट ड्रेस, नोर्चेन लामा मोस्ट एट्रयाक्टीभ, जेनिभा महर्जन मोस्ट कन्फिडेन्ट, आराधना घले वेस्ट पर्सनालिटी, अस्मिता विश्वकर्मा वेस्ट फोटोजेनिक, डोल्मा शेर्पा मोस्ट डिलीजेन्ट र अनिता अर्यालले मोस्ट स्मार्ट एंव मोस्ट पपुलरको उपाधी हासिल गरेका थिए । कार्यक्रमको निर्णायक मण्डलमा नायक मोडल अयुव के.सी., मिस कस्मोपोलिटेन २०१९ एंव भि.जे. प्रिया रानी लामा, मोडल मिलन शंकर, मिसेस नोवेल नेपाल २०२२ शर्मिला थापा एंव सौन्दर्य प्रशिक्षक सविना तामाङ रहेका थिए । लाइफ ओके टिभीबाट सम्प्रेषित सो कार्यक्रमको फोटोग्राफी तथा भिडियोग्राफी स्टुडियो कुवेरको तर्फबाट कुवेर तामाङले गरेका थिए । कलाकारहरुले निकै आकर्षक नृत्य गरेको सो कार्यक्रमको सञ्चालन नायक एंव मोडल दिक्पाल कार्कीले गरेका थिए । किसोरीहरुको प्रतिभा प्रस्फुटन एंव क्षमता अभिवृद्धिको लागि सो कार्यक्रम गरिएको आयोजक पक्षले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here