आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो।
उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्।
यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएको थियो।
राजधानी लगायत पोखरा, झापालगायतका विभिन्न शहरमा पनि उनको न्यायका लागि भन्दै प्रदर्शन भए । यसै गरि सौन्दर्य प्रतियोगीता तथा कार्यक्रम अर्गनाईजरहरुको छाता संंगठन कार्यक्रम व्यबस्थापन संघले आजै विज्ञप्ती जारी गरि दोषी उपर कडा कारवाहीको माग गरेको थियो ।