‘मिसेस ग्लोबल नेपाल’ को पाँचौं संस्करणको उपाधि ताप्लेजुङकी निता लिङ्देनले हात पार्न सफल भएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा सम्पन्न विवाहित महिलाहरुको सो सौन्दर्य प्रतियोगितामा सन्तोषी क्षेत्री फस्ट रनर अप तथा मालती कार्की सेकेण्ड रनर अप हुन सफल भएका छन् ।

चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा झण्डै तीन साता सम्मको व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्याटवाक, आत्मविश्वास अभिवृद्धि लगायत विविध विषयमा एक दर्जन प्रतियोगीहरुले तालिम लिएका थिए । कार्यक्रममा सवटाइटल अवार्डहरु पनि वितरण गरिएको थियो । जसमा निता लिङ्देन मोस्ट इन्टिलिजेन्ट, सन्तोषी क्षेत्री मोस्ट स्मार्ट, मालती कार्की मोस्ट कन्फिडेन्ट, मेक्सरी पुन मगर मोस्ट एट्रयाक्टीभ, रुपा शाही वेस्ट फोटोजेनिक, सरस्वती अधिकारी वेस्ट डिसीप्लीन, कोपिला लामा वेस्ट कम्प्लेक्सन, गोमा कुमारी गुरुङ मोस्ट चार्मिङ, सान्विया वराइली मोस्ट डिलीजेन्ट, विष्णु माया वाइवा वेस्ट स्माइल र मनु लामाले वेस्ट पर्सनालिटी, वेस्ट ड्रेस मोस्ट पपुलर, पब्लिक च्वाइस भिडियो अवार्ड हात पार्न सफल भएका थिए ।

कार्यक्रमका निर्णायकहरुमा चलचित्रकर्मी एवं नायक गजित विष्ट, नायिका सन्चिता लुइंटेल, फेसन डिजाइनर सुक्निता चौलागाई, मिसेस हिमालयन नेपाल २०२१ भिष्मा नेम्वाङ र मिसेस नेपाल आइडल २०२२ कविता राई रहेका थिए ।

लाइफ ओके टिभीबाट सम्प्रेषित सो कार्यक्रमको फोटोग्राफी / भिडिओग्राफी कुवेर तामाङले गरेका थिए । कार्यक्रममा त्रिशक्ति नृत्य समूहबाट आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो भने मोडल तथा नायक दिक्पाल कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।
विभिन्न पारम्परिक एवं आधुनिक पहिरनहरुमा सजिएका प्रतियोगीहरुले आजका विवाहित महिला घरभित्र मात्र हैन स्टेजमा पनि सुन्दरता र बौद्धिकता दुवैमा अव्वल छन् भनि प्रमाणित गरेका थिए । महिलाहरुको क्षमता अभिवृद्धिका लागि सो कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

फोटो: कुबेर तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here