– क्रियसन प्रोडक्सनले बालबालिकाहरुलाई लक्षित गरि अनलाईन क्याम्प ल्याएको छ । किताबी ज्ञानका साथसाथै बालबालिकाहरुले आफ्नो सीप र कलाको प्रदर्शन गर्न पाउने र नजानेको सिप र कला पनि सिक्न सकुन भन्ने उदेश्यका साथ इ-लर्निङ प्लेटफर्मको उपयोग गर्न लागिएको प्रोडक्सनको दाबी छ । यस प्रोग्राम अन्तर्गत हप्तामा दुई दिन अनलाईन क्लास जूम एप मार्फत लिईने बताईएको छ । बालबालिकाहरुलाइ प्रेरणा प्रदान गर्नका लागि कलाकारहरु समेत यो अनलाईन क्लास मा हप्ताको एकदिन सहभगी भई आफुले जानेको सीप र शिक्षा सबै माझ बाढने प्रयास गर्ने छन ।

व्यक्तित्व विकास , कलाको ज्ञान, सीप, बोल्ने क्षमता , बोल्ने ज्ञान, राम्रो खानाको सेवन , ईन्टरनेटको सदुपयोग जस्ता विशेष कुराहरुलाइ ध्यानमा राखेर यो कक्षाले यी कुराहरुमा बालबालिकाहरुलाइ निखार्ने आयोजक कम्पनीका प्रबन्धक केडी भट्टराईले बताए । ‘एक्काईसौ शताब्दीमा सबै भन्दा महत्त्वपूर्ण कुरा सबैको लागि सीप र शिक्षा हो र रहनेछ । सीप र शिक्षा आजको आवस्यकता भनेर हामी सबैलाई थाहा छ। सीपको पहिचान गर्नु एकदमै आवस्यक छ र त्यो गर्नका निम्ति क्रियसन प्रोडक्सनले बालबालिकाहरुका लागि इ-लर्निङ को ब्यवस्थापन गरेको छ। यो समय को सदुपयोग गरौ र उज्वल भविस्य का निम्ति एउटा कदम चालौ ।’ उनले भने ।

‘प्रोडक्सनले सेवा शुल्क स्वरुप मासिक एक हजार लिनेछ । यस क्याम्पमा ६ देखी १२ बर्षका बालबालिकासहभागी हुन पाउनेछन । महिनामा ८ देखि १० ओटा अलग अलग क्लास लिइनेछ ।’ भट्टराईले विट मार्दै भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here