सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई स्टार ईन्टरनेशनल अवार्डमा सम्मानित हुनुभएको छ ।
दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण भव्य कार्यक्रममा उहांलाई नेपाल सरकारका रक्षा मन्त्री डा.मिनेन्द्र रिजालको हातबाट वर्ष सौन्दर्य विशेषज्ञको उपाधीबाट सम्मानित हुनुभएको हो । होटल र्याडिसनमा सम्पन्न उक्त कार्यक्रममा उहांलाई सौन्दर्य क्षेत्रको लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उहांलाई उक्त सम्मान गरिएको थियो । थुप्रै महिलाहरुलाई रोजगारी प्रदान गर्दै देशको आर्थिक उन्नतीको लागि समेत उहांको महत्वपूर्ण योगदान रहेको छ । समाजसेवामा समेत सक्रिय सुवेदीले लामो समय देखि फेसियल,स्किन मेन्टेन,रिंकल कन्ट्रोल लगायतका विशेष सेवाहरु प्रदान गर्दै आउनु भएको छ । लाखौ सन्तुष्ट ग्राहकहरुको रोजाईमा पर्ने सौन्दर्यविद सुवेदी ग्राहकको सन्तुष्टीका लागि गुणस्तरीय सेवामा जोड दिदै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here