काठमाडौं । कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को ट्यालेन्ट राउन्ड शनिबार वैशाख १७ गते नेपाल हाउँस रेष्टुरेन्ट, हात्तीसार, काठमाण्डौंमा सम्पन्न भएको छ । ट्यालेन्ट राउन्डको अध्यक्षता गनिका गुरुङ ज्यूले गर्नु भएको थियो । ट्यालेन्ट राउन्डको प्रमुख निर्णायकमा भने वरिष्ट समाजसेवी तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ A1 को पूर्व गर्भनर अनन्त प्रसाद भेटुवाल ज्यू रहनु भएको थियो भने निर्णायकमा मिसेस नेपाल वल्ड २०२१ दिक्छ्या केसी, अभिनेता तथा मोडल जोर्डन राज भण्डारी, मिस हिमालय नेपाल २०१९ सुरक्षा सुवेदी र उद्यमी बिनोद खड्का ज्यू रहनु भएको थियो । ट्यालेन्ट राउन्ड जम्मा ५३ जनाले भाग लिएको जानकारी इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले दिनुभयो । छनौट भएका ५३ प्रतियोगीहरुले आ-आफ्नो प्रतिभा देखाएका छन् । प्रतिभा देखाउने क्रममा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, भाषण, रेखाचित्र, कविता र निबन्ध प्रदर्शन गरेका थिए।





































