आधुनिक सुगम संगीतका उदाउँदा व्यक्तित्व, सुमधुर स्वरका धनी गायक कृष्ण भट्टराईले शहरलाई वास्तविक रुपमा चित्रण गरिएको गीत शहर तयार पारेका छन् । संसारले रोजेको यो शहरमा हुने खाने देखि हुँदा खाने सम्मका, सपना पुरा गर्ने देखि सपना भत्कीएका सम्मका, भोक टार्न देखि भोग गर्ने सम्मका, दुईछाक टार्नलाई दिनरात दुख गरेर कमाउने देखि हरपल मोजमस्तीमा रमाउने सम्मका हरेक वर्गका मान्छेहरुको वास्तविक चरित्रलार्ई मेल खाने गरि निर्माण गरिएको मार्मिक गीतको सशक्त भिडियो दर्शक माझ मार्फत प्रशारणमा आएको छ । हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)द्धारा निर्देशन गरिएको शहर गीतको म्युजिक भिडियो यहि मंसीर २९ गते बुधबारबाट ओ एस आर डिजिटलमार्फत दर्शक,श्रोतामाझ आएको छ । एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस गीतलाई काठमाण्डौँ,भक्तपुर र ललितपुरका बिभिन्न स्थान लामो समय लगाएर छायांकन गरिएको छ ।
बिभिन्न मानसम्मान तथा अवार्डहरुबाट सम्मानित गायक कृष्ण भट्टराईको स्वर रहेको गीतमा कलाकारहरु शितल केसी, संजित भण्डारी,गोपाल ढकाल, रिया श्रेष्ठ, रामेश्वर बुर्लाकोटी, प्रेम पाण्डे, प्रमिला राई, लक्ष्मीनाथ मौडगल्या, मदन दवाडी, केशवराज अर्याल, रुपेश पुडासैनी, कृष्णप्रसाद वस्ती, राजु रेग्मीको अभिनय रहेको छ ।

यस गीतको भिडियोमा तारा थापा(किम्भे)को सम्पादन, हर्कमान वाईवा (रिदम)को छायांकन, युमिशा पाण्डेको श्रृङ्गार, कलरिस्टमा श्याम कुँवर, मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ । अडियो तर्फ बाबुराम राईको शब्द, एस डि योगीको संगीत, विश्व अधिकारीको एरेन्ज, विप्लव अधिकारी रेकर्डिस्ट रहेका छन् भने ओपल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यो गीतको पोस्टर डिजाईन आई क्याच स्टुडियोले गरेको छ ।
शहर आमाको सपना जस्तो पवित्र अनि बाबाको कल्पना जस्तो मनोरम पनि छैन, कसैलाई यहीँ स्वर्ग छ कसैलाई यहीँ नर्क तसर्थ जस्ले जे भोग्छ त्यही ब्याख्या गर्छ भन्ने मूल मर्मका साथ बनेको यो गीतलाई सम्पुर्ण दर्शक, स्रोताले अवस्य मन पराउने कुरामा निर्माण पक्ष ढुक्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here