ललितपुर -मिसेस नोवेल नेपालको दोस्रो संस्करण बुधबार राजधानीको म्युजीक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिज् द्वारा आयोजित सो कार्यक्रममा बुढानिलकण्ठकी शर्मीला थापा बिजेता भईन् भने सम्झना खड्का फस्ट रनरअप र निरु भट्टराई सेकेन्ड रनरअप घोषित भएका छन् ।
त्यसैगरी सव टाईटल अवार्ड तर्फ बिजेता शर्मीला थापाले मोस्ट कन्फिडेन्ट र मोस्ट पपुलर भिडियो अवार्ड, सम्झना खड्का मोस्ट एक्टिभ, निरु भट्टराई बेस्ट फोटो जेनिक र बेस्ट ड्रेस, सबिना मगर मोस्ट चार्मिङ, रिमा गुरुङ मोस्ट स्मार्ट, सपना तामाङ बेस्ट स्माईल, लक्ष्मी सिंगार बेस्ट डिसिप्लिन, सर्मिला श्रेष्ठ बेस्ट पर्सोनालिटी, बबी मिश्रा बेस्ट कम्प्लेक्सन,र माया सेन्चुरी मोस्ट डिलिजेन्ट का साथै मोस्ट पपुलर को उपाधी पाप्त गर्न सफल भएका छन् ।

बेस्ट फेसन कोरियोग्राफर विजेता चर्चित कोरियोग्राफर हिमानी सुब्बाको आकर्षक कोरियोग्राफी रहेको कार्यक्रममा प्रतियोगीहरुले परिचयात्मक, बेस्ट ड्रेस, प्रस्नोत्तर, क्राउनिङ् जस्ता बिभिन्न चरणहरुमा प्रस्तुति दिएका थिए । कार्यक्रमले विबाहित महिलाहरुको क्षमता र प्रतिभा प्रस्फुटन गराई महिलाहरुलाई ससक्त गराउने उद्देस्य लिएको आयोजक पक्षले जनाएको छ ।
कार्यक्रममा कलाकारहरुले नृत्य तथा गायन प्रस्तुति दिएका थिए । निर्णयक मण्डलमा अभिनेता तथा चलचित्र कर्मी विशाल विस्ट, अभिनेत्री शुस्मा अधिकारी, ब्युटिसियन नेपाल २०१९ हेमा पुन मगर, मिस नेपाल आईडल २०१९ निङ्मा ल्ह्मु शेर्पा, त्यस्तै मोडल अभिनेता नरेन खड्का र ब्युटिसियन नेपाल २०२१ मन्जु थापा रहेका थिए । कास्ठमाण्डप टेलीभिजनबाट सम्प्रेसित सो कार्यक्रम अफिसियल फोटोग्राफी तथा भिडियोग्राफी कुबेर तामाङले गरेका थिए भने कार्यक्रम मोडल तथा अभिनेता दिक्पाल कार्कीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here