मिसेस क्यापिटल क्विन नेपाल २०२२ को उपाधी सुनिता पाख्रिनले जित्न सफल भएकी छन् । राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रममा फस्ट रनरअप सम्झना राई एवं सेकेन्ड रनरअप पवित्रा सुब्बाले हात पार्न सफल भएका छन् । हिमालयन मुभिजको आयोजनामा सम्पन्न कार्यक्रम विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता हो भने , कार्यक्रमको श्रृखला अन्र्तगत यो पाँचौ संस्करण हो ।
सवटाइटल अवार्ड तर्पm भने विजेता सुनिता पाख्रिनले मोस्ट डिलिजेन्ट, उपविजेता सम्फना राईले मोस्ट कन्फिडेन्ट, सेकेन्ड रनर अप पवित्रा सुब्बाले वेस्ट फोटोजेनिक त्यस्तै गरी सुधा पोख्रेल मोस्ट स्मार्ट, दिपा श्रेष्ट मोस्ट ए्याक्टीभ, माया रसाइली वेस्ट डिसीप्लीन र मोस्ट पपुलर एवं अन्जु प्रधानले वेस्ट पर्सनालिटी र पब्लिक च्वाइस भिडियो अवार्ड हात पार्न सफल भएका छन् ।
सिनीयर फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा प्रतियोगीहरुले राष्ट्रिय गीतमा आर्कर्षक नृत्य समेत प्रस्तुत गरेक थिए । कार्यक्रमको निर्णायक मण्डलमा नायक एवं चलचित्रकर्मी विशाल विष्ट, गायिका सुजता के.सी तथा मिसेस डिभा नेपाल २०२२ हेमा योन्जन रहेका थिए । कार्यक्रममा आकर्षक नृत्यहरु त्रिशकी समुहको तर्फवाट प्रस्तुत गरिएको थियो भने इभेन्टकोे सञ्चालन नायक एवं मोडल दिक्पाल कार्कीले सञ्चालन गरेका थिए ।