ब्युटीसियन नेपालको आठौं संस्करणमा भक्तपुरकी पुजा सापकोटा बिजयी भएकी छन् । हिमालयन मुुभिजको आयोजनामा बुधवार अपरान्ह राजधानीमा सम्पन्न कार्यक्रममा दिलाशा श्रेष्ठ, फस्ट रनरअप तथा शर्मीला डंगोल सेकेन्ड रनरअप भएका छन् । ब्युटीसियन नेपाल नेपाली सौन्दर्यकर्मीहरुको राष्ट्रिय स्तरको पेशागत सौन्दर्य प्रतियोगिता हो । जसको फाइनल चरणमा टप टेन प्रतियोगीहरुले प्रतिस्पर्धा गरेको थिए । दुलहीको पहिरनमा आफुले आपैmलाई श्रृंगार गरेर स्टेजमा उत्रिएका व्युटिसियनहरुले वेहुली चलचित्रको गितमा आकर्षक नृत्य गरेका थिए । प्रतियोगीहरुले परिचयात्मक चरण, प्रश्नोत्तर चरण, लिखित चरण गर्दै क्राउनिङ चरण सम्म पुगेका थिए ।
कार्यक्रममा विविध सवटाइटलहरु समेत वितरण गरिएको थियो, जसमा प्रतियोगीहरुले तालिम चरण मै प्रतिष्पर्धा गरेको सवटाइटल तर्पm वेस्ट मेक–अप विनरमा शर्मीला डंगोल, वेस्ट नेल आर्ट विनर प्रमिला चौरेल, वेस्ट मेहेन्दी आर्ट विनर अनिता सुब्बा, वेस्ट जुरो कम्पीटिसन विनरमा मेनुका राईले हात पारेको थिए भने अन्य सवटाइटल अवार्ड तर्पm स्टेजमै प्रस्तुत वेस्ट ब्राइडलको उपाधी र मोस्ट ए्याट्राक्टीभको उपाधी शिर्ष विजेता पुजा सापकोटाले जित्न सफल भइन भने वेस्ट क्याटवाक दिलाशा श्रेष्ट, वेस्ट फोटोजेनिक समीरा तामाङ, मोस्ट स्र्माट प्रभा तामाङ, मोस्ट डिलीजेन्ट सम्झना तामाङ, मोस्ट कन्फिडेन्ट एलिजा महर्जन, पब्लिक च्वाइस भिडीयो अवार्ड प्रभा तामाङ र मोस्ट पपुलरको उपाधी सम्झना तामाङले हात पार्न सफल भएका छन् ।
वेस्ट फेसन कोरियोग्राफार अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा बरिष्ठ सौन्दर्यविद कमला श्रेष्टको प्रमुख आतिथ्य रहेको थियो भने निर्णायकहरु तर्फ सौन्दर्य कर्मी रस्मीला श्रेष्ट, नायक मोडल एसराज गराच, फेसन डिजाइनर सुक्निता चौलागाई तथा मिसेस हिमालयन नेपाल भिष्मा नेम्वाङ रहेका थिए । त्रिशत्ती नृत्य समूहको आर्कषक नृत्य रहेको कार्यक्रमको सञ्चालन नायक एवं मोडल दिक्पाल कार्कीले गरेका थिए । ब्यूटीसियनहरुमा निहित क्षमता र प्रतिभा प्रस्फुटन एवं समस्त नेपाली सौन्दर्यकला क्षेत्रकै श्रीबृद्धीका लागी सो कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।