फेसन कोरियोग्राफीको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेको अत्याधिक समर्पण, योगदान, अटल प्रतिबद्धता र उल्लेखनीय उपलब्धिको प्रमाणका रूपमा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यलाई हेरिटेज इन्टरनेशनल अवार्ड २०२३ बाट सम्मानित गरिएको छ। अवार्ड समारोहमा रोजिनले कोरियोग्राफर अफ द इयर अवार्ड पाएका छन् । अवार्ड समारोह २५ नोभेम्बर २०२३ मा, ईएससी पार्क होटल, बैंककको प्रख्यात स्थलमा विभिन्न पृष्ठभूमिबाट आएका विश्व पेशेवरहरूको विशिष्ट भेलाको बीचमा आयोजना गरिएको थियो। कार्यक्रम इप्लानेट सिंगापुर पीटीईले आयोजना गरेको थियो। रोजिनलाई सो अवार्ड कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित रहेका थाईल्याण्डका लागि द रिपब्लिक अफ केन्याका राजदूत लिन्डशेय किप्टिनेस तथा बैंककस्थित मंगोलियन पिपुल्स रिपब्लिकको राजदूतावासका प्रतिनिधिले प्रदान गरेका थिए ।

फेसन, सौन्दर्य प्रतियोगिता तथा संचार क्षेत्रमा २५ वर्षको निरन्तरता कायम रा्खेका फेसन कोरियोग्राफर तथा सचारकर्मी रोजिन शाक्यले यस अघि पनि आफ्नो क्षेत्र अन्तर्गत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गरिसकेका छन् । जस मध्ये मेलिशियामा सम्पन्न इन्टरनेसनल प्रिस्टिज ब्राण्ड अवार्ड २०१८ मा बेष्ट आन्टरप्रिनर इन् मल्टि टास्क पर्सनालिटी, काठमाडौंमा सम्पन्न नेसनल युथ लिड अवार्डस् २०१९ मा मिष्टर भर्सटाइल अफ इयर अवार्डस्, मलेशियामा सम्पन्न इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०१९मा आउटस्ट्याण्डिङ् इन्टरनेसनल कोरियोग्राफर एक्सिलेन्स अवार्ड, काठमडौंमा सम्पन्न मोडल सङ्स अवार्ड २०२०मा वेष्ट फेसन कोरियोग्राफर, फेसन फेयर अवार्ड २०२० मा वेष्ट इन्टरनेसनल नेप्लीज् फेसन कोरियोग्राफर, नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२मा आइकोनिक फेसन कोरियोग्राफर, दुबईमा सम्पन्न एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ मा आइकोनिक फेसन कोरियोग्राफर मुख्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here