लिटिल मास्टर नेपाल २०२३को दोस्रो संस्करणको उपाधि स्वर्निम स्कुलमा अध्ययनरत अभिशेक कृष्ण कर्माचार्यले जितेका छन् । उनले उपाधिसँगै १० हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् ।
काठमाडौंको नाचघरमा शनिबार सम्पन्न सो प्रतियोगितामा न्यु जेनिथ ईंग्लिश मोडेल स्कुलमा अध्ययनरत नबिन देवकोटाले फस्ट रनरअपको उपाधि सहित ८ हजार रुपैयाँ प्राप्त गरे । सोही प्रतियोगितामा रेलाईन्स रेसेदेन्सिअल स्कुलका गौरव प्रजापती सेकेन्ड रनरअप हुँदै ५ हजार रुपैयाँ जित्न सफल भए ।
कलश इभेन्टसद्वारा आयोजित सो प्रतियोगितामा अन्तिम १५ जना प्रतियोगीहरु थिए । आई आई एफ टी स्कूल अफ फेसन एंड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले तयार परेका नेपालको झण्डाका विषयवस्तुमा तयार परिएकापोसाकमा सजिएर उनीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।
समजसेवी तथा पुस्तकालए विशेषज्ञ इन्दिरा दलीको प्रमुखआतिथ्यमा सम्पन्न सो प्रतियोगिताका निर्णयक मण्डलमा, यूरोकिड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, ड्रेस डिजाइनर गीता मिस्रा मिडिया व्यक्तित्व तथा shreejana Sutra का सह संस्थापक सुबश श्रेष्ठ प्रधान, तथा गायिका अन्जिला श्रेष्ठ थिए ।
वरिष्ठ नृत्य निर्देशक तथा फेसन कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीचआफूभित्र लुकेका प्रतिभालाई प्रस्तुतगर्ने तथा नेतृत्व तथा ब्यक्तित्व बिकास गर्ने सनौलो अवसर मिलेको बताए ।
C. No. | Name | Title |
1 | Nirvesh Shrestha | Multimedia |
2 | Pranab Maharjan | Discipline |
3 | Sarthak Mishra | Leadership |
4 | Ubin Maharjan | Athletic |
5 | Aaron Dangol | Friendship |
6 | Nhuja Manandhar | Academic |
7 | Trinav Maharjan | Talent |
8 | Jatin Mitruka | Photogenic |
9 | Aaron Prajapati | Personality |
10 | Suvaan Maharjan | Charming |
11 | Ronish Maharjan | Smile |
12 | Aarush Maharjan | Intelligent |
13 | Gaurav Prajapati | 2nd Runner up |
14 | Nabin Devkota | 1st Runner up |