काठमाडौं । राजधानीमा एस. के. ईन्टरटेनमेन्ट प्रा. लि. को आयोजनामा “मिसेस जनजाती–२०१९ सिजन १” सौन्दर्य प्रतियोगिता हुने भएको छ । जसको लागी आगामी जेष्ठको ११ गते शनिवार र २५ गते शनिवारका दिन १२ बजे देखि चक्रपथ स्थित अमेरिकन एम्वेसी संगै रहेको रोयल भेन्यूमा प्रतियोगीहरुका लागी अडिसन राखिएको छ ।
‘मिसेस तामाङ’ तथा ‘मिसेस गुरुङ’ जस्ता धेरै सौन्दर्य प्रतियोगिताहरु सफलतपूर्वक सम्पन्न गरे पश्चात एस के ईन्टरटेनमेन्टले “मिसेस जनजाती–२०१९ सिजन -१” को आयोजना गर्न लागेको छ ।
आयोजक संस्था एस के ईन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक तथा नायिका शान्ता तामाङका अनुसार विभिन्न जनजा्ति, भेषभुषा एवं संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जनजातिसंग सम्वन्धित संस्कृति, भेषभुषा तथा रहनसहन मध्य आदिवासी-जनजातिको कला, संस्कृति, भेषभुषा, रितिरिवाज एवं रहनसहनलाई सम्वन्धित बिवाहित महिला गृहिणी तथा व्याबसाहिक महिला दिदि बहिनी मार्फत अन्य जाति समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्दन एवं सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गर्न लागिएकोले बताएकि छिन ।
यस सौन्दर्य प्रतियोगितामा बिभिन्न जनजाती समुदाय क्षेत्रका क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृदी गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको छ । “मिसेस जनजाती–२०१९” प्रतियोगितामा भाग लिनको लागि २० देखि ४५ बर्ष उमेर समुहका तथा उचाई ४ फिट ९ ईन्च भएका बिवाहित महिला प्रतियोगीहरु हुनु पर्नेछ ।
प्रतियोगिताका लागि छनौट हुने सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।
प्रतियोगिताको अडिसन फाराम एस. के. ईन्टरटेनमेन्ट,सामाखुशी ,रोयल भेन्यू,चक्रपथ, अरोमा ईन्टरटेनमेन्ट बालुवाटारबाट धमाधम भईरहेको आयोजक तामाङले बताईन ।