अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ ग्रेस ईभेन्टको आयोजनामा सम्पन्न मिस्टर एण्ड मिस ग्रेस एसईई पाचौं संस्करणको शिर्ष ताज श्रिया कार्की तथा विशाल बिष्टले चुमेका छन् । त्यसैगरि, प्रतियोगिताको फस्र्ट रनरअपमा खुसी श्रेष्ठ, ब्राण्ड एम्बेसडरमा श्वेता श्रेष्ठ, भ्युअर च्वाईसमा ग्रेसी महर्जन, बेष्ट मोडल अफ द ईभेण्टमा बिनिता श्रेष्ठ र अर्गनाईजर च्वाईसमा एलिजा चौधरीले क्रमशः ताज जितेका छन् । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघर मा शुक्रबार आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले सो ताज पहिरिएका हुन ।

विधागततर्फ भने बिजेता  श्रिया कार्कीले मोस्ट फोटोजेनिक र मिस स्टाईल डिभामा बाजी मारिन भने पुरुष विजेता  विशाल बिष्टले मस्ट फ्रेण्डली हात पारेका छन्। खुसी श्रेष्ठ ले मस्ट बेस्ट पर्सनालिटी श्वेता श्रेष्ठले मस्ट पपुलर बेष्ट वाक , ग्रेसी महर्जनले मस्ट मल्टि मिडिया र मस्ट डिस्पिलिन, बिनिता श्रेष्ठले मस्ट ट्यालेण्ट, एलिजा चौधरीले मस्ट ईलिगेण्टको अवार्ड जित्न सफल भए ।  मिस ग्रेस एसर्इई नेपाल २०२२ कि विजेता मुस्कान नेवार, व्यावसायिक श्रिङ्गारकर्ता  टेकराज पाण्डे र नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त एवं  महिला विभागकी स्मृति बरालले निर्णायकको भुमिका निर्वाह गरेका थिए।

बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रमा आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रमको विशिष्ट अतिथिमा चौतारा सागांचोकगढि नगरपालिकाका उपमेयर सीता थापा र अतिथिमा सुट मालाका सञ्चालक राज कार्की रहेका थिए।

कार्यक्रमको प्रायोजन क्युपिड फोटो स्टुडियो, द शुट स्टुडियो, थग लाईफ नेपाल, फ्र्लिमा फाउण्डेसन, डाईनामोक्स नेपाल, नेपाल म्युजिक ग्यालरी, शुट माला, आन योंग किचन, रिबेल क्रियसनका साथै अन्य बिभिन्न कम्पनिहरुले गरेका थिए। कलाकारहरु  सपन श्रेष्ठ, प्रिन्स राज, बिज्जु लिम्बु, स्वाभिमान केसी तथा सुश्री शर्मिला तामाङहरुको गायन तथा नृत्यको बेजोड प्रस्तुतिले कार्यक्रमको रौनक अझ बढेको थियो । प्रतिस्पर्धामा भाग लिनुपूर्व प्रतियोगीहरुलाई कोरियोग्राफर आरशु महर्जनले करिव ४० दिन तालिम दिई आफ्नै कोरियोग्राफीमा र्याम्पमा उतारेका थिए । जसमा ऋितिका शाहले कार्यक्रम व्यवस्थापक र रायल गिरीले नृत्य निर्देशनको जिम्मेवारी निभाएका थिए ।

आयोजक तर्फ ग्रेस ईभेन्टका उपाध्यक्ष  दिप्सना दुलाल, प्रबन्धक निर्देशक दिवसराज भट्टराई, संचालक समितिका बिन्द्र प्रजापति, क्रियात्मक प्रमुख सवीन खड्का , तथा प्रसन्न मुलुक, अनिस कार्की,  सरला राई, प्रिती तामाङ, अनिल थापा, रक्षा कार्की, जेनिका धिमाल र अङ्कित मल्लको उपस्थिति रहेको थियो। रोविन तामाङ्ग द्वारा उद्घोषित सो कार्यक्रम व्यवस्थापनको जिम्मेवारी भने ग्रेस ईभेन्टका सिईओ  सुरज थापाले गरेका थिए ।

उपाधिसँगै विजेताले विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे भने उपाधि विजेताहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि , निर्णायक, आयोजक संस्थाका प्रमुख एवम अतिथिहरुले पुरस्कृत गरेका थिए । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि मन्त्री घलेले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतियोगीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने धारणा ब्यक्त गर्दै भोलीका देशका कर्णधारलाई प्रोत्साहन मिल्ने खालका यस्ता कार्यक्रमहरुमा सरिक गराउन अभिभावकहरुलाई आग्रह समेत गरे । त्यस्तै, आयोजक संस्थाका तर्फबाट सिईओ सुरज थापाले प्रतियोगीहरुको क्षमता र गुणको अभिवृद्धि गरी प्रतिष्पर्धी बनाई मनको सुन्दरतालाई प्रष्फुटन गर्न यस्ता खाले कार्यक्रमले मद्दत गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here