पेजथ्रि हट कल्चरले मारवाडी समुदायको युवा युवतीको ब्याक्तित्व बिकाश गरि मारवाडी कला संस्कृतीलाई जगेर्ना गर्दै बिकाश र बिस्तार गर्ने उदेश्यका साथ मरवाडी समुदाय लक्षित सौदर्य प्रतियोगीता ‘फेस अफ मारवाडी’ आयोजना गर्ने भएको छ। प्रतियोगिताको कोरियोग्राफी पुर्व मिस नेपाल माल्भिका सुब्बाले गर्ने पक्का भएको छ।

आयोजक पेजथ्रि हट कल्चरले जारि गरेको बिज्ञप्ती अनुसार ‘फेस अफ मारवाडी’को आवेदन खुल्ला गरिएको छ। १६ देखि २८ वर्ष उमेर समूहका मारवाडी युवा युवतीले प्रतियोगीताका लागि आवेदन दिन सक्नेछन्। आयोजकको कार्यलय नक्साल तथा सिटीसेन्टरबाट आवेदन फर्म उपलब्ध हुने बताईएको छ। पहिलो चरणको अडिसन आगामी १७ फेब्रुअरीदेखि ३ मार्च सम्म काठमाडौ, बिराटनगर, बिरगञ्ज, बिर्तामोड लगायतका स्थानमा हुने आयोजकले जनाएको छ।

प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई मात्र मिडिया, बिकाश मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने पेजथ्रि हट कल्चरकी प्रमुख रेखा मोदी मित्रुकाले जानकारी दिइन्। प्रतियोगीताको अन्तिम स्प्रर्धा आगामी ७ अप्रिलमा राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ। प्रतियोगीतामा शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here