मिस्टर एण्ड मिस ग्रेस प्लस टुको उपाधि सुजित थापा र सारा श्रेष्ठले जितेका छन् । फाईनलमा प्रवेश गरेका कुल २० जना प्रतिष्पर्धीलाई पछि पार्दै सुजित र साराले यो उपाधि जितेका हुन् । इपी एजुकेशन अष्ट्रेलियाले प्रस्तुत गरेको उक्त कार्यक्रमलाई ग्रेस इभेन्टले आयोजना गरेको थियो । लुम्बिनी एकेडेमिक कलेजले कार्यक्रमको मुख्य प्रयोजन गरेको थियो ।

कार्यक्रममा पुरुष तर्फबाट सुजन कडेल रनरअप घोषित भए भने महिलातर्फ सुपर्वा शाक्य फष्ट रनरअप भईन् भने, रीजा भट्ट सेकेण्ड रनरअप र श्रीजना घिमिरे थर्ड रनरअप भएका थिए । त्यसैगरी उषा सिंह गीरीले अर्गनाईजर च्वाईसको ताज लगाउन सफल भईन् ।

कार्यक्रममा अन्य सव टाईटलहरु जित्नेका क्रमशः मिश कन्फिडेन्टमा सुस्मिता दाहाल, व्यूटिफुल आईजमा सदिक्षा थापा, मिस क्याटवाकमा अनिशा अधिकारी, बेष्ट ड्रेसमा अनु थिङ र अन्जन गजमेर, मोष्ट पपुलरमा उषा सिंह गीरी, भ्युअर्स च्वाईसमा श्रीजना धिमिरे, बेष्ट फिगरमा करुण गरुङ उत्कृष्ट भएका थिए ।

त्यसैगरी मिस चार्रमिङको उपाधि सरिता तामाङ, व्युटिफुल हेयर सुपर्वा शाक्य, मिस स्टाईल दिभा रजिता रेग्मी, मोष्ट एक्टिभ सारा श्रेष्ठ, बेष्ट स्कीन श्रीजना घिमिरे, मिस बब्ली कृतिका आचार्य, क्युपिट मिस फोटोजेनिक सन्ध्या तामाङ, क्यिुपिट मिस्टर फोटो जेनक अन्जन गजमेर, मिस्टर कन्फिडेन्ट सुजित थापा, मिस्टर पर्सनालिटि दिवाकर घिमिरे,मिस्टर एण्ड मिस ट्यालेन्ट अन्जन गजमेर र अनु थिङ, मोष्ट फ्याङ्क्ली रेश्मा मल्लिक, मोष्ट पंचुअल अनिशा अधिकारी, मोष्ट डिसिपिलिङ संजिना डंगोल, मोस्ट इन्टरटेनर सुजन कडेलले जितेका थिए ।

चन्दन कौशिक प्रमूख अतिथि रहेको कार्यक्रमको प्रमूख निर्णयकमा आनन्द कार्की र निर्णयकहरुमा सिन्धु मल्ल, निरेन बिष्ट, सोनित राज ढुङ्गेल, टेकराज पाण्डे र पूर्णिमा राना रहेका थिए । उक्त कार्यक्रमको कोरियोग्राफि नमिता भण्डारीले गरेकी थिईन् भने फोटोग्राफरको जिम्मेवारी बिन्द्रा प्रजापतिले निभाएका थिए भने भिडियोग्राफिको जिम्मेवारी सुरेश तामाङको रहेको थियो । कार्यक्रमको नृत्य निर्देशन बिनुप शुनुवारले गरेका थिए । कार्यक्रम संयोजक ग्रेस इभेन्टका सिईओ सुरज थापा गरेका थिए ।

कार्यक्रममा आनान्द कार्की, सिन्धु मल्ल, महादेव त्रिपाटी, संगीता तामाङ, एल्ला बुल्च, अनिशा मगर, बिनुप शुनुवारलगायतले आ आफ्नो प्रस्तुति दिएको ग्रेस इभेन्टका अध्यक्ष सुरज अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here