यहि फाल्गुन २३ गते राष्ट्रिय नाचघरमा लिटिल प्राइड अफ नेपालको ग्राण्ड फिनाले सम्पन्न भएको छ । कार्यक्रममा ५५ जना बाल–बालिकाले आफ्ना प्रस्तुती दिएका थिए । उक्त कार्यक्रममा गायन, अभिनय र नृत्यको प्रतियोगिताका लागी ५५ जनाले करीब १ महिनाको लामो प्रशिक्षण पश्चात आफ्नो प्रतिभा प्रर्दशन गरेका थिए ।
नृत्यमा जुनियर तर्फ सौर्य कोइराला विजेता भएका थिए भने, फस्ट रनर अप ¥यामस् राज आचार्य, सेकेण्ड रनर अप दिलिसा मैनाली, थर्ड रनर अप अनुस्था दाहाल, फोर्थ रनर अप सायना उप्रेती र पब्लिक च्वाइस विनर विषेशता पौडेल विजेता भएका थिए । साथै सिनियन तर्फ बिन्दु सरु मगर विजेता भएका थिए भने, फस्ट रनर अप ग्रिष्मा घिमिरे, सेकेण्ड रनर अप रुबी खरेल र पब्लिक च्वाइस विनर रुबी खरेल भएका थिए । यस नृत्यमा डान्स कोरियोग्राफर सेलिना राजभण्डारीले बाल–बालिकाहरुलाई नृत्य सम्बन्धि तालिम दिनु भएको थियो ।
अभिनय तर्फ पुजसा न्यौपाने बिजेता भएका थिए भने, फस्ट रनर अप स्मृति मगर, सेकेण्ड रनर अपमा रोमन राई र पब्लिक च्वाइसमा स्मृति मगर विजेता भएका थिए । नायक तथा कलाकार किशोर अनुरागले बाल–बालिकाहरुलाई अभिनय सम्बन्धि तालिम दिनु भएको थियो ।
गायनको जुनियर तर्फ बिभुत पोखरेल विजेता भएका थिए भने, फस्ट रनर अप बसिल पराजुली, सेकेण्ड रनर अपमा नाभिया फुयाल र पब्लिक च्वाइसमा बसिल पराजुली विजेता भएका थिए । साथै सिनियन तर्फ मुष्कान परियार विजेता भएको थिए । भने, फस्ट रनर अप जेनिसा राई, सेकेण्ड रनर अप सुदिप तामाङ्ग र पब्लिक च्वाइस विनर मुष्कान परियार विजेता भएका थिए । गायनमा संगीतकार तथा गायिका रेखा पौडेलले बाल–बालिकाहरुलाई गायन सम्बन्धि तालिम दिनु भएको थियो ।
उक्त कार्यक्रममा गोपाल ढकाल (छन्दे) ले कार्यक्रको बिच बिचमा रमाईलो प्रस्तुती दिदै कार्यक्रम संचालन गरेका थिए ।
उक्त कार्यक्रममा नायक,निर्माता तथा डान्स कोरियोग्राफर गजीत विष्ट, डान्स कोरियोग्राफर सन्दीप भुजेल, डान्स कोरियोग्राफर तथा चलचित्र निर्देशक साबित्री खत्री, संचारकर्मी राज लुइटेल, वरिष्ठ गायिका सिन्धु मल्ल, गायक योगेश काजी, गायिका संन्जना श्रेष्ठले निर्णायकको भुमिका निभाउनु भएको कुरा ए.एन.पी. मिडिया हाउसका प्रमुख लब बहादुर कार्कीले बताउनु भएको थियो । कार्यक्रम एस टेलिभिजनबाट नेपालमा प्रशारण गरिएको थियो भने लिटिल प्राइड अफ नेपालको फेसबुक पेजबाट संसार भरी प्रशारण भएको थियो ।
