फेसियल हाउसले सौंन्दर्यलाई विशेष महत्व साथ हेर्ने र आफ्ना ग्राहकहरुलाई विभिन्न माध्याम वाट जानकारी दिदै आएको छ । यस्तै फेसन शो र फोटो शुटको माध्यम वाट पनि आफ्नो सौंन्दयलाई कसरी फिट राख्न सकीन्छ भन्ने हेर्न र बुझ्न सकिने फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा बरिष्ठ सौंदर्यविद सुषमा महरा बताउछिन। यसै अन्तरगत फेसियल हाउसले असार १५ को अवसर पारेर माटो थिममा फोटो शुट गरेको छ । असारमा हुने रोपाँईलाई लोकेशन बनाएर गरीएको फोटो शुटमा मोडेलको रुपमा नायिका तथा मोडेल करुणा श्रेष्ठ रहेकी छन् ।

करुणा मिस कलेज २०११ को विजेता, एक्नेस नेपालका राजदूतको विजेता हुनुका साथै टिभी कार्यक्रम प्रस्तुतकर्ता समेत रहेकी छन् । केहि फिल्ममा अभिनय समेत गरीसकेकी करुणा निकट भविष्यमा आफै सम्मेलित भएर फिल्म निमार्णमा काम गर्न लागेको बताउँछन् । असार १५ को माटो थिमको फोटो ग्राफि चर्चित फोटो ग्राफर कुबेर डंगोलले गरेका छन् । त्यस्तै डे«स डिजाईन कुसुम बुटिकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here