एएनपी मिडिया हाउसद्वारा आयोजित ‘नेपाल चिल्ड्रेन आईकन’ को एघारौं संस्करण राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। प्रतियोगितामा ‘टीन गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘सिनियर गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार मुख्य बिजेता घोषित भए ।

‘टीन गर्ल्स’तर्फ सरिला तामाङ्गले उपाधि जितेकी छिन। तामाङ्गले विजेताको उपाधीसंगै ग्लोबल अनलाईन पे मार्फत संचालित डिजिटल भोटिङ्ग मार्फत सर्वाधिक भोट प्राप्त गरि पब्लिक चोईस अवार्ड समेत हात पारिन। त्यसैगरी सत्यकला राई फर्स्ट रनर अप र रश्मि चौधरी सेकेन्ड रनर अप घोषित भए।

प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ सुशान्त चौलागाईले शिर्ष उपाधी जितेका छन । त्यसैगरी अकेम्सन सुनुवार फष्ट रनर अप र शिसिर घिमिरे सेकेण्ड रनरअप घोषित भए भने सुप्रिम गुभाजु पब्लिक चोईस अवार्ड विजेता बन्न सफल भए।

यस्तै ‘सिनियर गर्ल्स’तर्फ ईछिङ्ना लिम्बू विजयी भएकी छिन । प्रसंस्का ढकाल फर्स्ट रनर अप, प्रेमा लामा सेकेन्ड रनर अप, सोनम मगर थर्ड रनर अप घोषित हुँदा मस्ट पपुलर तर्फको अवार्ड पुनम तामाङ्गले जित्न सफल भईन। प्रतियोगितामा ‘जुनियर गर्ल्स’ तर्फ भने जस्मिन लामा विजयी भईन। त्यसैगरी रुबिशा महरा फर्स्ट रनर अप, सुरभी अधिकारी सेकेन्ड रनर अप, मुस्कान बिके थर्ड रनर अप घोषित हुँदा शिक्षा राईले मस्ट पपुलर अवार्ड हात पार्न सफल रहिन।

बालबालिकाहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकासका लागि एएनपी मिडिया हाउसले विगत एघार वर्षदेखि ‘नेपाल चिल्ड्रेन आईकन’ प्रतियोगिता संचालन गर्दै आएको आयोजक लव बहादुर कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here