मधेश प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामा ब्राइट इभेन्ट मेनेजमेन्टको प्रस्तुतिमा आयोजित तराई समर विक फैसन प्रतियोगितामा बेस्ट मोडलको उपाधी पुरुषतर्फ सुजित पटेल र महिलातर्फ श्रेया झाले जितेका छन् । मलंगवा नगरपालिका-८ स्थित कुशुम पार्टी पैलेसमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा सर्लाही जिल्ला लगायत जिल्ला बाहिर बिरगंज र जनकपुरबाट भाग लिइ फाइनल प्रतिस्पर्धाको लागि छनौट भएका १४ जना फाइनालिस्टहरु मध्येबाट सुरज कुशवाहा र बुनु श्राफले दोस्रो तथा मनिष पासवान र स्वेता गुप्ताले तेस्रो स्थान जित्न सफल भएका छन् ।

प्रतियोगितामा सहभागी भएका अन्य प्रतिस्पर्धीहरुलाई पनि विभिन्न विद्याको पुरस्कारबाट सम्मानित गरिएको थियो। तराई मधेशका किशोर किशोरी तथा युवा युवतीहरुले आफु भित्र लुकाएर राखेको अन्तरनिहित प्रतिभालाई उजागर गरि समाजमा फैसनको क्षेत्रलाई छुट्टै पहिचान दिलाउने उदेश्यले यो प्रतियोगिताको आयोजना गरेको आयोजक संस्थाका व्यवस्थापक नितेश पटेलले बताए ।तराई मधेशका किशोर,किशोरी तथा युवा युवतीहरु आफु भित्र क्षमता भएर पनि सधैँ पछि परेका छन् ।उनीहरु समाजको डरले आफूलाई एक्सपोज गर्न सकिरहेका छैनन् ।उनीहरूलाई नै लक्षित गर्दै उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको व्यवस्थापक पटेले बताए ।

कार्यक्रमको संचालन गरेका  दिक्पाल कार्कीले  ड्रेस अप सेन्स,डिसिप्लिन,वाक,व्यक्तित्व विकास,कन्फिडेन्स बिल्डअप,मेकअप, फेस स्प्रेसन लगायतका बारेमा प्रशिक्षण दिएको आयोजक संस्थाका सिइओ राजन बुढाथोकीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here