काठमाडौं¬:  सिजन मिडियाद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२३” छैंटौं संकरणको आयोजनाको लागि आवेदन खुल्ला गरेका छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो कार्यक्रम विगत ५ वर्ष देखि गर्दै आएको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज सक्षम र जिम्मेवार महिलाको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । विगत १४ वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ५ वर्ष देखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । यो छैटौं संस्करणको लागि उपत्यकावाट र उपत्यका वाहीर वाट जम्मा २० जना प्रतियोगी समावेश गराइने छ ।

पहिलो चरणको छनौट कार्यक्रम आगामी पौष द्रोस्रो साता हुनेछ । उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा व्यक्तित्व विकास,वाक कला, शारारिक फिटनेश, जुम्वा,सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर सम्वन्धी प्रशिक्षण साथै महिला अधिकार सम्वन्धी ज्ञान सिप प्रदान गरिने छ भने स्टेजमा हिड्न वोल्न साथै प्रश्न उत्तर सिकाइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानव अधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।

प्रतियोगिताका विजेताहरुले “ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२३”को उपाधी सहित फ्रिज, टेलीभिजन, हिटर साथै घरायसीका उपहारका सामाग्रीहरु र थाइल्याण्ड भ्रमणको लागि विजेतालाई हवाई टिकटहरु प्रदान गरिने छ भने लेटमिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ ।

आयोजक सिजन मिडिया प्रदिपराज वन्त(प्रवन्ध निर्देशक) सम्पर्कः–०१४२३८४०१ ९८०१०४४८३५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here