काठमाडौं । एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३” को ग्राण्ड फिनाले तयारी तिव्र पारिएको छ । विभिन्न प्रक्रिया पार गरि विवाहित तथा अविवाहित करिव एक महिनाको तालिम पश्चात आफुले सिकेका ज्ञान तथा प्रतिभा प्रस्फुटनको लागि आगामी शनिवार राष्ट्रिय नाचघरको हलमा भव्य समारोहका वीच प्रतियोगीहरुले आ आफ्नो प्रस्तुती दिनेछन ।
देशका ख्याती प्राप्त व्यक्तित्वहरुको निणार्यक सामू प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती राख्नेछन । प्रतियोगिताको अन्तिम चरणमा प्रवेश गरेका मिसेस तर्फ माया लामा,उषा हमाल,सुनिता पन्हांगो लिम्बु ,बिधा श्रेष्ठ ,नुमा शेर्पा रअनुराधा पाठकले आफ्नो प्रस्तुती दिएका थिए भने मिस तर्फ सुदिक्ष्या बज्राचार्य,समिक्षा राई ,लक्ष्मी शाही ,सन्तोषी रावल , करिश्मा क्षेत्रि ,बिष्णु गुरुङ ,सृष्टि ढकाल ,ज्योति गिरि ,बिपना भट्टराई ,आर्जु खड्का र माया बुढाथोकी रहेका छन । प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागि हुन पाउने जानकारी आयोजक मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए।

यस सौन्दर्य प्रतियोगीताले बिवाहित तथा अबिवाहित महिला बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुनेमा आफु विश्वस्त रहेको जानकारी उनले दिए । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्युटिफुल’को ग्राण्ड फिनाले भने यहि चैत्र ४ गते नाचघरमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here