काठमाडौं । बिगत ८ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३ को लागि छनौट प्रक्रिया सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुल’को पहिलो र दोश्रो गरि दुइ पटक गरिएको अडिसन सम्पन्न भएको हो ।

नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ अभिनेत्री रश्मि भट्, नायक श्रीदेव भट्राई, वरिष्ठ संचारकर्मी एवं अर्थविद माधव निर्दोश निर्णायक मण्डल रहेको अन्तिम छनौट प्रक्रियामा विवाहित तथा अविवाहित प्रतिस्पर्धिहरु छनौट गरिएको थियो ।
प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक तथा बरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २५ दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेकराज पाण्डे बताउछन ।

यस सौन्दर्य प्रतियोगीताले बिवाहित तथा अबिवाहित महिला बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here